पूर्वमन्त्री मार्सल जुलुम शाक्यको निधनमा काँग्रेसको भावपूर्ण श्रद्धाञ्जलि
काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री मार्सल जुलुम शाक्यको निधनमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ । नेपाल विद्यार्थी सङ्घको संस्थापक नेता शाक्यको आज बिहान ८ बजेर ४५ मिनेटमा ७७ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । काँगे्रस सभापति शेरबहादुर देउवाले स्व शाक्यको पार्थीव शरीरमा आज पार्टी कार्यालय सानेपामा पार्टीको झण्डा ओढाई उनीप्रति प्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । स्व शाक्यको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, केवी गुरुङ, प्रकाशमान सिंह, तीर्थराम ढङ्गोल, भीमसेनदास प्रधानलगायत नेता तथा कार्यकताले स्व शाक्यप्रति श्रद्धाञ्जलि दिएका थिए । सो अवसरमा सभापति देउवाले स्व शाक्यको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै प्रजातन्त्र स्थापनार्थ उहाँले पु¥याउनुभएको योगदानलाई पार्टीले उच्च सरहाना गर्छ भने । उनले भने “स्व शाक्य स्वभिमानि नेता हुुनुहुन्थ्यो, प्रजातन्त्रका निमित्त उहाँले कसैसित सम्झौता गर्नुभएन ।” शाक्य विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो झन्डा लिएर प्रदर्शनमा उत्रँदा जेल परेका थिए । सो अवसरमा वरिष्ठ नेता पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि शाक्यले पु¥याउनुभएको योगदान उच्च रहेको चर्चा गर्दै उनको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको छ भने । थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण