शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

हुम्लामा खाद्यान्न ढुवानी

शनिबार, २३ वैशाख २०७४, १६ : २८
शनिबार, २३ वैशाख २०७४

सुर्खेत, २३ वैशाख । नेपाल खाद्य संस्थान सुर्खेतले हुम्लामा खाद्यान्न ढुवानी कार्य सुरु गरेको छ ।

संस्थानले नेपाली सेनाको स्काइ ट्रकमार्फत शुक्रबारदेखि सुर्खेतबाट हुम्लामा खाद्यन्न ढुवानी सुरु गरेको हो । पहिलो स्काइ ट्रकमार्फत खाद्यान्न ढुवानी गर्न लागेको नेपाल खाद्य संस्थान शाखा सुर्खेतका प्रबन्धक भीमबहादुर थापाले बताए । । शुक्रबारसम्ममा दुई सय क्विन्टल चामल ढुवानी गरिएको बताए ।

हुम्ला सदरमुकाममा २५ सय क्विन्टल खाद्यान्न ढुवानी गरिने छ । श्रीनगर डिपोका लागि तीन हजार १५७ क्विन्टल र सर्केगाढ डिपोका लागि तीन हजार ११३ क्विन्टल चामल ढुवानी गरिसकेको थापाले बताए । हुम्लाका लागि १८ हजार पाँच सय क्विन्टल चामल ढुवानी गरिनेछ । लामो समयसम्म खडेरीका कारण हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्लालगायत जिल्लाामा खाद्यान्न संकट भएको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप