शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मिर्गौला पीडितसँग ओलीले भने– मेरो संकल्प भ्रमको प्रतिष्पर्धा गर्नेहरुले पुरा गर्न दिएनन्

शनिबार, २३ वैशाख २०७४, १६ : ३०
शनिबार, २३ वैशाख २०७४
काठमाडौं, वैशाख २३– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला पीडितको उपचार गर्न लैजाने देशको रुपमा नेपाललाई स्थापित गर्ने आफ्नो संकल्प पूरा हुन नपाएको गुनासो गरेका छन् । राष्ट्रिय मृगौला पीडित संघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भ्रमको प्रतिष्पर्धा गर्ने दलहरुले आफ्नो संकल्प पूरा गर्न नदिएको भन्दै कांग्रेस, माओवादीप्रति आक्षेप लगाए । ‘मिर्गौला पीडितका लागि निःशुल्क डायलासिस गराउनु ठुलो कुरा होइन,’ ओलीले भने, ‘विरामीको उपचार गर्न लैजाने देशको रुपमा नेपाललाई स्थापित गर्ने मेरो संकल्प भ्रमको प्रतिष्पर्धा गर्ने दलहरुले पूरा गर्न दिएनन् ।’ उनले मिर्गौला प्रत्यारोपण सम्बन्धी कानुनमा केही जटिलता रहेको भन्दै परिमार्जन नभएसम्म पालना गर्न नसकिने बताए । ओलीले आफू प्रधानमन्त्री भएको समयमा अरुले ९ वर्षमा गर्न नसक्ने काम ९ महिनामै गरेको समेत दाबी गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सम्मुन्नत विकासका लागि धेरै काम गर्ने संकल्प हुँदा हँुदै प्रतिष्पर्धी दलहरुले पूरा गर्न नदिएको गुनासो गरे । ओलीले मुलुकलाई विकसित देश बनाउने, आत्मनिर्भर बनाउने तथा गरीव मुलुक रहन नदिने आफ्नो संकल्प पनि पुरा हुन नपाएको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप