उम्मेदवारको घरदैलो अभियान तीव्र
भक्तपुर, २३ वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन् । चुनाव प्रचारका क्रममा कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमालेले घरदैलो अभियान नै सुरु गरेका छन् । काँग्रेस र एमालेले घरदैलो अभियान सञ्चालन गरेर भोट माग्न थालेका छन् । मध्यपुर थिमिमा काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ भने एमाले र नेपाल मजदुर किसान पार्टीले तालमेल गरी संयुक्त प्यालन बनाएर उम्मेदवारी दिएका छन् ।
यसअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा एमालेभन्दा करिब ५०० मत बढी पाएर काँग्रेस विजयी भएको थियो । नगरप्रमुखका उम्मेदवार एमालेका मदनसुन्दर श्रेष्ठ र नगर उपप्रमुखका उम्मेदवार नेमकिपाका केदार खड्कासहितको टोलीले मध्यपुर थिमिमा घरदैलो अभियान तीव्र पारेको छ ।
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट घरदैलो अभियान सुरु गरिएको नगरप्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले बताए । जनताको समस्यालाई आत्मासात् गर्दै मध्यपुरको मुहार फेर्ने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ । काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार रहेका अष्टकुमार कवँेले कार्यकर्ता र समर्थकको टोलीसहित लोकन्थलीमा घरदैलो सकेर कौशल्टार र गठ्ठाघरमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।
विगतमा काँग्रेसले मध्यपुर थिमिमा विकासको लहर ल्याएको दाबी गर्दै कवेँले विकासका कार्यलाई निरन्तरता दिइने बताए । मध्यपुर थिमि नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत घरदैलो अभियान सुरु गरेका छन् । आफ्नो पार्टीले जनताको चाहनालाई पूरा गर्ने लक्ष्यका साथ घरदैलो अभियान सुरु गरेको माओवादी केन्द्रका नेता कृष्णलाल गोजाश्रेष्ठले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियान सुरु गरेर जनतासँग भोट माग्न थालेको राप्रपाका उपप्रमुखका उम्मेदवार नरगोविन्द शङ्खदेवले बताउनुभयो । राप्रपाले चाँगुनारायण नगरपालिकामा समेत घरदैलो अभियान सुरु गरेको सो नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रबिन्द्र प्रताप शाहले बताए । चाँगुनारायण नगरपालिकालाई आधुनिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने, नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, आगामी १० वर्षभित्र स्मार्ट सिटी बनाउने, पूर्वाधारयुक्त नगरपालिका बनाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको शाहको भनाइ छ । काँग्रेस चाँगुनारायण नगरपालिकामा घरदैलो अभियानलाई तीव्र पारेको नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले बताए । यस्तै सूर्यविनायक नगरपालिकामा एमालेले घरदैलो अभियानलाई तीव्र पारेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार वासुदेव थापाले सूर्यविनायक विकास, प्रविधि, आर्थिक वृद्धिदरको दृष्टिकोणले समृद्ध नगरपालिका बनाउने लक्ष्यका साथ घरदैलो अभियान थालेको बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण