शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रसंघीय सडक सुरक्षा सप्ताहमा यामाहाको ऐक्यबद्धता

मङ्गलबार, २६ वैशाख २०७४, ११ : २३
मङ्गलबार, २६ वैशाख २०७४

काठमाडौं, बैशाख २६– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले चौथो राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह २०१७ प्रति एक्येबद्धता जनाएको छ ।

चालक र पैदल यात्रुको सुरक्षाबारे सचेतना फैलाउन विश्वव्यापी रुपमा मनाइने सडक सुरक्षा सप्ताह नेपालमा सोमबारदेखि आउँदो ३१ बैशाखसम्म चल्नेछ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरी, सडक सुरक्षा समाज नेपाल, सडक विभाग, काठमाडौं महानगरपालिका, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले संयुक्त आयोजना गरेको सप्ताहलाई साथ दिएको हो । सप्ताहको पहिलो दिन सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रभातफेरि आयोजना गरिएको छ ।

जसमा यातायात मन्त्रालयका सचिव धन बहादुर तामाङ, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रसंघीय विकास परियोजनाका कन्ट्रि डिरेक्टर रेनड मेयर लगायत सडक विभाग, काठमाडौं महानगरपालिका, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, सडक सुरक्षा समाज नेपाल र एमएडब्लु इन्टरप्राइजेजका प्रतिनिधिको सहभागिता रहेको थियो ।

‘सेभ लाइभ्स, स्लो डाउन’ नारा रहेको सप्ताहले यो वर्ष चालकले आफ्नो सवारीसाधनको गति कम गर्न अपिल गर्नेछ । आधिकारिक तथ्यांकअनुसार नेपालमा हरेक दिन सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुने गरेको छ र दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको छ । यो तथ्यलाई गम्भीरताका साथ लिएर यामाहाले सडक सुरक्षा सप्ताहलाई साथ दिएको हो ।

सप्ताहभरि हरेक दिन काठमाडौंका मुख्य १५ वटा चोकमा स्वयंसेवीले सुरक्षासँग सम्बन्धित सन्देश लेखिएका ब्यानर प्रदर्शन गर्नुका सार्थ स्टिकर वितरण गर्नेछन् ।

त्यसैगरी, दुर्घटना घटाउने उपायबारे दोस्रो दिन रेडियो टक प्रोग्राम र टेलिभिजन टक प्रयोग गरिनेछ भने बुधबार साँझ माइतीघर मण्डलामा दुर्घटनामा मारिएकाप्रति श्रद्धाञ्जली अपर्ण गरिनेछ । साथै, आउँदो बिहीबारबाट विद्यालय, बैंक, अस्पताल र सपिङ मलहरुमा सडक सुरक्षासम्बन्धी अडियो भिजुअल प्रदर्शन गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप