बालुवाटार वार्तामा महन्थ ठाकुरले यसरी फुकाए गुनासोको पोको
काठमाडौं वैशाख २६– संविधान संशोधन नगरी वैशाख ३१ गते चुनाव गर्न लागिएको प्रति संघीय गठबन्धनले गुनासो गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ तथा प्रतिपक्षी दलसहित संघीय गठबन्धनबीच भएको वार्तामा उनीहरुले वैशाख ३१ गते हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन हुने अाफूहरूसँग सहमति भएको भएपनि सो सहमति पूरा नगरी चुनाव गर्न लागिएको भन्दै गुनासो गरेका थिए ।
‘संविधान संशोधन नगरिकन चुनाव हुँदैछ यसलाई हामीले कसरी बुझ्ने’ भनि बैठकमा आफूहरुले कुरा राखेको राजपाका नेता केशव झाले जानकारी गराए । बैठकमा राजपा अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले पहिलो चरणको चुनाव वैशाख ३१ गते हुन लागेको तर त्यसअघि सरकारले संविधान संशोधन गर्ने कुरा थियो भएपनि केहि प्रगति नभएको भनि गुनासो गरेका थिए ।
बालुवाटारमा कुरा नमिलेपछि गठबन्धनद्वारा आन्दोलन घोषणाको तयारी
अध्यक्ष ठाकुरले गुनासो पोख्दै भने, ‘जेठ ४ गतेका लागि व्यवस्थापिका संसदको वैठक सार्नुभयो, हामीलाई केही थाह छैन, यो वीचमा तपाईहरुले के के गर्नुभयो, हामीसँग कुनै सल्लाह भएन, तोकिएको समयमा संशोधन भएननै त्यसको जानकारी समेत दिनुभएन ।’
उनले संशोधन नभएसम्म आफूहरु चुनावमा भाग नलिने स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘तपाईहरुले यसैगरि मधेशी दललाई अल्झाएर चुनावमा सहभागि गराई हाल्छु भनि सोच्नु भएको छ भनि गलत सोच हो ।’
बैठकमा प्रतिपक्षी दलको तर्फबाट एमाले संसदीय दलका उपनेता सुवाष नेम्माङले भने सत्तारुढ दलले आफूहरुसँग कुनै सल्लाह नै नगरिकन विभिन्न प्रकृयाहरु अगाडि बढाएको भन्दै आपत्ति जनाएका थिए ।
प्रतिपक्षी दलको नाताले हरेक कुरामा सरकारले आफूहरुसँग छलफल गरेर अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै उनले मधेशी मोर्चाको बारेमा पनि एमाले छलफल गर्न तयार रहेको र छलफलबाट समाधान निकाल्नुपर्ने बताए ।
उनले अहिले संशोधनको कुरा छाडेर चुनावको तयारीमा लाग्न सबैलाई आग्रह गरे ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने संविधान संशोधनका लागि आफूले सक्दो प्रयास गरेको तर विभिन्न कारणले असफल भएको कुरा राखेका थिए । उनले भनेका थिए, ‘सविधान संशोधन विधेयक पारित गराउन अझै प्रयासमा छु, जेठ ४ गते बस्ने व्यवस्थापिका संसदबाट विधेयक पारित गराउने मेरो प्रयास हुनेछ ।’ उनले मधेसको माग पूरा हुने भन्दै चुनावमा सहयोग गर्न समेत आग्रह गरेको बैठक स्रोतको भनाई छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, सुवास नेम्वाङ गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण