नगरबासीलाई ‘डष्टविन’
जनकपुरधाम, बैशाख २६ –धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगरबासीलाई नगर सफा राख्न‘डष्टविन’ वितरण गरेकाे छ ।
सदरमुकाम जनकपुरपछिको सहरको रुपमा बिकसित भईरहेको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत वडा नम्बर ५ मा पर्ने महेन्द्रनगरका व्यावसायी तथा घर धनीहरुलाई एक कार्यक्रमबीच डष्टविन वितरण गरिएको हो ।
प्रकृति संरक्षणकोषको साझेदारीमा बजार क्षेत्रमा सड्ने र नसड्ने दुईवटा गरी महेन्द्रनगर क्षेत्रभित्रका व्यवसायी तथा धरधनीहरुलाई फोहोरमैला व्यवस्थापन गर्ने उदेश्यका साथ वितरण गरिएको हो ।
सहरलाई फोहोरमैला मुक्त गरी विकसित सहरको रुपमा रुपान्तरण गर्ने लक्ष्यका साथ डष्टविन वितरण र जेष्ठको पहिलो हप्तादेखि साप्ताहिक सरसफाई शुरु गर्ने नगरपाकिलाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले बताए ।
उनले नगरबासीहरुलाई नाट्क विभिन्न सचेतना मुलक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई फाहोरमैला मुक्त गरी हरियाली प्रवद्र्धनको साथै नगरलाई सफा र सौन्दर्य रुपमा स्थापित गर्न आफू लागि परेको बताउँदै नगरबासीहरुको पनि अतुलनिय सहयोगको अपेक्षा गरेका थिए ।
त्यसैबिच समाजसेवी तथा महेन्द्रनगरलाई ग्रिन सिटिको रुपमा परिणत गर्न गठन गरिएको स्मृति वाटिका व्यवस्थानि समितिका अध्यक्ष मित्रलाल गिरीले हाल महेन्द्रनगर बजारक्षेत्रबाट शुरु गरिएको डष्टविन वितरण कार्यक्रम अगामी दिनमा नगरपालिकाको प्रत्येक वडामा सञ्चालनमा ल्याउने दाबी गरे ।
कार्यक्रमा गोरखनाथ गणका निमित्त प्रमुख शैलेन्द्र थापा, शसस्त्र प्रहरीका डिएसपी माधव रेग्मी, ईलाका प्रहरी कार्यालयका निमित्त प्रहरी निरिक्षक, एमाले नेता पल्टु पण्डित, खानेपानीका सरसफाई उपभोक्त समितिका अध्यक्ष तथा नयाँ शक्ति पार्टीका नोता विजय यादव, नगरपालिकाका क्षेत्रभित्रका व्यावसायी, नागरीक समाज, यूवा, बुद्धिजीवी तथा स्थानियबासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण