शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सन् २०२२ को विश्वकपमा कतार एअरद्वारा प्रायोजन गर्ने

मङ्गलबार, २६ वैशाख २०७४, १३ : १८
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, बैशाख २६– सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप फूटबल प्रतियोगिताको प्रयोजन गर्ने भएको छ । आइतबार विश्व पूmटबल महासङ्घ (फिफा)को नेतृत्व बहराइनमा वार्षिक कार्यक्रममा हुने शिलशिलामा सन् २०२२ का लागि प्रयोजनका लागि कतार र फिफा एअरले हस्ताक्षर गरिसकेको घोषणा गरिएको छ । सन् २०१४ को विश्वकपमा दुवईस्थित इमिरेट्स विमान कम्पनीले प्रायोजन गरेको थियो । सन् २०१४ पछि फिफाद्वारा खेलाइने विश्वकप फुटबलको प्रयोजनाका लागि कसैले इच्छा व्यक्त गरेका थिएन । फिफाले हालै आफ्नो खर्च विवरण सार्वजनिक गर्दै सन् २०१६ मा ३६ करोड ९० लाख अमेरिकी उत्तर घाटा वेहोरेका जनाएको थियो । पछिल्लो समय फिफामा मौलाएको भ्रष्टाचार प्रकरणका कारण फिफालाई आवश्यक पर्ने आर्थिक सहयोग प्रदान गर्ने संस्थाको खडेरी देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप