शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बेलायती नायिका मिशेल किगनले भनिन्, ‘नेपालको भ्रमणपछि मैले जीवनलाई भिन्न तरिकाले हेर्न थालें’

मङ्गलबार, २६ वैशाख २०७४, १३ : २७
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, बैशाख २६ – बेलायती नायिका मिशेल किगनले बीबीसी नाटक ‘आवर गर्ल इन नेपाल’ को छायांकन भर्खरै समाप्त गरेकी छिन् । उनले नेपालमा रहँदाको अनुभवलाई निकै उत्कृष्ट ढङ्गले समिक्षा गरेकी छिन् । कोरोनेसन स्ट्रिटमा अभिनय गर्ने किगन नाटकको तेस्रो संस्करणको सुटिङका लागि नेपालमा थिइन् । ‘आवर गर्ल’ का लागि सिन ज्वार्ड, रोलान बेल र बेन एल्ड्रिज पनि नेपाल भित्रिए । मिशेलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘नेपालमा अन्तिम दिन । यो यात्राले मेरा भविष्यका अन्य बाटोहरु खोलिदिएका छन् । जीवनबारे भिन्न सोच र धारणासहित फर्किँदै छु । निकै भाग्यमानी महसुस गरिरहेकी छु । सबैलाई धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप