शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

संशोधन प्रस्तावमा सहयोग नगर्ने कमल थापाको संकेत

मङ्गलबार, २६ वैशाख २०७४, १६ : २५
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, बैशाख २६– राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्ताव पारित गर्न सहयोग नगर्ने संकेत गरेको छ । सरकारले आगामी जेठ ४ गतेको बैठकबाट संशोधनको टुंगो लगाउने तयारी गरेको भनिएको बेला सो पार्टीले त्यस्तो संकेत गरेको हो । पार्टी अध्यक्ष कमल थापाले पार्टीको सहमति बिना सत्तारुढ दलले गर्ने निर्णय मान्न आफूहरु बाध्य नहुने ट्वीटरमार्फत स्पष्ट पारेका छन् । यसअघि संशोधन प्रस्तावको पक्षमा मत हाल्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै राप्रपाले निर्णय गरेको थियो । तर, अहिले थापाले मत नहाल्ने संकेत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानन्यायाधीशको महाभियोग प्रकरणलाई लिएर सरकारबाट बाहिरिएको राप्रपा सो बारे सर्वोच्चको फैसलासँगै पुन सरकारमा फर्किन चाहेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको विमतीपछि राप्रपा सरकारमा फर्किन पाएको थिएन भने विजय कुमार गच्छदार सोमबारमात्रै सरकारमा गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप