शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नेपाल सरकारलाई ११ लाख तिर्नुपर्ने डरले यी सगरमाथा आरोही २० हजार फिटमाथिको गुफामा लुके

मङ्गलबार, २६ वैशाख २०७४, १४ : ५२
मङ्गलबार, २६ वैशाख २०७४

डेली मेल

बैशाख २६ – सगरमाथा चढेबापत् नेपाल सरकारलाई बुझाउनुपर्ने  ११ लाख रुपैयाँ (८ हजार ५ सय पाउन्ड) तिर्नुपर्ने डरले एक पर्वतारोही गुफाभित्र लुकेका छन् ।

नेपालका अधिकारीले दक्षिण अफ्रिकाका रेयान सिन डेभी २० हजार फिट माथिको गुफामा लुकिरहेको अवस्थामा भेटेपटि यस विषयमा पर्दाफास भएको हो ।

उनलाई त्यहाँबाट ओर्लन आदेश दिइएको छ भने उनको पासपोर्ट जफत गरी १७ हजार पाउन्ड ( २२ लाख रुपैयाँ) जरिवाना तोकिएको अधिकारीले बताएका छन् ।

पर्यटकले सगरमाथा आरोहण गर्नका लागि नेपाल सरकारलाई ११ हजार डलर तिर्नुपर्ने हुन्छ ।

सरकारका सम्पर्क अधिकारी ज्ञानेन्द्र श्रेष्ठले भने, ‘मैले उनलाई बेस क्याम्पमा एक्लै बसिरहेको देखें । के भएको रहेछ भनेर उनी भएको ठाउँ जाँदा उनी मलाई देखेर भागे ।’

‘म र मेरा साथीले उनको पिछा लाग्यौं र उनी नजिकैको गुफामा लुकेर बसेको थाहा पायौं ।’

‘कसैले पनि नदेखोस् भनेर उनले कोही पनि नजाने स्थानमा एक क्याम्प बनाएका थिए । ’

डेभीलाई नेपाल प्रवेशमा पाँच वर्षको रोक लाग्न सक्छ अथवा देशभित्र कुनै पनि पर्वतारोहणमा १० वर्षको प्रतिबन्ध लाग्न सक्छ ।

 आफूलाई निर्माता र निर्देशकको रुपमा चिनाउने डेभीले ६ घण्टाभित्र २३ हजार फिटमाथि पुगेको बताए ।

उनले पासपोर्ट लिनका लागि सगरमाथा क्षेत्रबाट काठमाडौंसम्मको यात्रा गर्नका लागि पैसा नभएको अधिकारीलाई बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप