शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुख काटेको हेर्न जाँदा ज्यानै गयो

मङ्गलबार, २६ वैशाख २०७४, १५ : १३
मङ्गलबार, २६ वैशाख २०७४
तुलसीपरु, बैशाख २६– दाङको तुलसीपुरमा रुख काटेको हेर्न गएका एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालीका ४ रक्षाचौरमा ढाल्न लागेको रुख हेर्न गएका ६४ वर्षिय दलबीर वलीको रुखको हाँगाले लागेर ज्यान गएको तुलसीपुर प्रहरीले बताएको छ । हाँगाले लागेर घाइते भएका वलीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिीनाले जानकारी दिए । घटनापछि रुख काट्ने ठेकदार यमबहादुर विकलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएर छोडिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप