शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पुनर्निर्माण प्राधिकरणको ‘सुरक्षित घर’ मोबाइल एप्लिकेशन सेवा सुरु

मङ्गलबार, २६ वैशाख २०७४, १८ : ००
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौ, बैशाख २६ –राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘सुरक्षित घर’ मोबाईल अप्लिकेशन सेवा सुरु गरेको छ । प्राधिकरणले सुरक्षित घर निर्माणका लागि आवश्यक सन्देश, जानकारीहरु समावेश गरिएको अडियो÷भिडियोसहितको सामग्री मोबाइल एप्पमार्फत् जानकारी लिन सकिने व्यवस्था गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्प प्रतिरोधक घर निर्माणबारे सूचना, सुझाव र समाधानका उपायका बारेमा पनि मोवाईल एप्पबाट जानकारी लिन सकिने व्यवस्था गरिएको बताए । भूकम्प प्रतिरोधी घरको डिजाईनका बारेमा समेत पीडित अनविज्ञ देखिएपछि त्यसबारे सूचना दिने गरी मोवाइल एप्प सेवा संचालनमा ल्याउनु परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले संचालनमा ल्याएको मोबाइल एप्पमा सुरक्षित घरका डिजाईन नक्सा, निर्माण शैली, सरकारी अनुदान प्राप्त गर्ने विधि, निर्माण स्थलको सुरक्षा लगायतका विषयबस्तु समेटिएको छ । एप्पमा प्रयोगकर्ताले पुनर्निर्माण र नव निर्माणसम्बन्धि आफ्ना जिज्ञासाहरु सजिलै पठाउन सक्ने व्यवस्था पनि गरिएको प्राधिकरणको भनाई छ । प्राधिकरणले जनशक्तिको अभावमा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि दोहोर्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप