प्रेम, रोमान्स र एक्सनले भरिएको ‘मन्दिरा’को ट्रेलर
मङ्गलबार, २६ वैशाख २०७४, १५ : ४८
काठमाडौं, बैशाख २६ – नव निर्देशक दीपेश सापकोटा निर्देशित चलचित्र ‘मन्दिरा’को ट्रेलर रिलिज भएको छ । २ असारबाट देशभर एकसाथ प्रदर्शनमा आउँने यो चलचित्र एउटै घरभित्र छायाँकन सकिएको निर्माण पक्षको दाबी रहेको छ ।
ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएका छन् । नरेन खड्का, जे.वी.डी.सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदी, लक्ष्मी बस्नेतको साथमा नव–कलाकार बीनी पोख्रेली, विनिता ओली लगायतको मुख्य भूमिका रहेको छ ।
करुणा अर्याल र उज्ज्वल अर्याल निर्माता रहेको चलचित्रको सन्तोष सेढाई सह–निर्माता र हरि भट्ट प्रस्तुतकर्ता हुन् ।
चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायाँकन, अजित लामिछानेको पटकथा तथा संवाद छ ।
https://www.youtube.com/watch?v=Bvr7kuDb3xk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण