शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पुँजी बजारमा दोहोरो अंकको वृद्धि, सवै सूचक हरियो

मङ्गलबार, २६ वैशाख २०७४, १५ : ४९
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, वैशाख २६–पुँजी वजारमा आज दोहोरो अंकको वृद्धि देखिएको छ । पहिलो चरणको स्थानिय निकायको चुनावको केही दिन मात्र वाँकी रहँदा लगानीकर्तामा आशा पलाउँदै गएको अनुमान गरिएको छ । आज वजार १३ दशमलव ५१ अंकले बढेको हो । आज वजार एक हजार ६ सय ५० दशमलव ८१ अंकमा उक्लिएको छ । एक सय ४२ कम्पनीको १० लाख ७ सय १३ कित्ता सेयर खरिद विक्रि भएको आज ६१ करोड २० लाख १८ हजार ४ सय ९७ रुपैयाँको कारोवार भएको छ । आज सबै सूचक हरियो भएका छन् । बैंकिङ समूहको सूचक ७.०२ अंकले वढेको आज होटल समूहको सूचक २२.३६, विकास बैंक समूहको सूचक २५.०६ अंकले वढेको छ यस्तै, जलविद्युत समूहको सूचक ११५.९६ फाइनान्स समूहको सूचक ४.४४ अंकले वढेको छ । बीमा समूहको सूचक ६६.०१ अंकले वढको आज अन्य समूहको सूचक १.४५ अंकले वढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप