शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आचारसंहिता उल्लङ्घन गर्ने डोल्पाका शिक्षकविरुद्ध उजुरी

मङ्गलबार, २६ वैशाख २०७४, १५ : ५२
मङ्गलबार, २६ वैशाख २०७४
डोल्पा, बैशाख २६ –निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचार गरेको भन्दै डोल्पाका छ जना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेकपा एमाले समर्थक शिक्षक संगठनमा आवद्ध बलभद्र प्राविका शिक्षक केशव थापा,सोही बिद्यालयका चन्द्र बुढा,ज्वती प्राविका गंगा बहादुर बुढा,त्रिपुरा माविका प्रअ कृष्ण बहादुर बोहोरा र हिमज्वती प्राविका प्रअ तुलबहादुर बिष्ट र धुब्रतारा प्राविका शिक्षक शेरबहादुर बुढा विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको हो । नेपाल शिक्षक संघठनमा आवद्ध शिक्षकहरुले बिद्यालयको समयमा पढाउन छाडेर एमालेका उम्मेद्वारको पक्षमा भोट माग्दै हिडेको भन्दै कारवाहीका लागि माओबादी केन्द्रका कार्यकर्ता जय बहादुर रोकायले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैशाख २४ मा किटानी उजुरी दिएकाहुन् । रोकाय डोल्पो क्याम्पस डोल्पाका स्ववियु सभापती समेत हुन् । मुख्य निर्वाचन अधिकृत सनत् कुमार लवर्टका अनुसार आरोपित शिक्षकहरुलाई कारवाही किन नगर्ने भन्ने सम्बन्धमा प्रारम्भिक प्रक्रिया अन्तर्गत जिल्ला शिक्षा कार्यालय मार्फत स्पष्टिकरण मागिएको छ । आयोगलाई चित्त बुझ्दो कारण खुलाउन नसकेको खण्डमा तथा निवेदक रोकायले आवाश्यक प्रमाण जुटाउन सके शिक्षक पद्बाट निलम्बनको लागि शिफारीस गरिने समेत मुख्य निर्वाचन अधिकृत लवर्टले बताए । यी आरोपित शिक्षकहरु आचारसंहिता उल्लङघन्का प्रतिनिधि पात्र मात्रै हुन । अन्य पार्टीमा आवद्ध शिक्षकहरु पनि प्रत्यक्ष्य अप्रत्यक्ष रुपमा आचारसंहीता विपरीत कार्य गरिरहेको गुनासाहरु आउने क्रम रोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप