शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बिप्लवका पत्रकार समातिए

मङ्गलबार, २६ वैशाख २०७४, १६ : ०४
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, वैशाख २६– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार पुष्टमान घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ रोल्पा शाखाका सदस्य तथा बैशाख २५ गते भएको शाखाको पाँचौ अधिवेशनबाट निर्वाचित प्रदेश सभासद घर्तीमगरलाई शाखाको निर्वाचन प्रक्रियामा सहभागी भइरहेकैबेला पक्राउ गरेको हो । अनलाइनको समाचार आफ्नो फेसबुकमा शेयर गरेको र फेसबुकमा स्टाटस लेखेको आरोपमा उनलाई पक्राउ गरेको क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले बताए । रोल्पा जिल्ला प्रशासनले घर्तीमाथि सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेको चलाउनेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप