कुलमान घिसिङले भने –एलइडी बल्ब खरिद प्रक्रिया कुनियत भेटिए झुन्डिन तयार छु
काठमाडौं, वैशाख २६–विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले एलइडी बल्व खरिद प्रक्रियामा करोडौ अनियमितताको आरोप लगाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको वताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूले इमान्दार भएर काम गर्दा गर्दै पनि चरित्र हत्या गर्ने गरि केहि मिडिया लागेको भन्दै दुःख व्यक्त गरे ।
“जनतालाई उज्यालो बाड्नु अपराध हो, विद्युत्भार कटौती अन्त्य गर्नु अपराध हो, उद्योग व्यवासाय फस्टाउँछु भन्नु गलत काम हो रु गलत काम गर्ने मनसाय राखेको भए मैले अर्बौं कमाउन सक्थे, एलइडी बल्बमा मलाई एक पैसा पनि खानु छैन”, कार्यकारी निर्देशक घिसिङले भने ।
उनले आफूले कुनै कुनियति राखेर काम गरेको पाइए झुण्डिन तयार रहेको भन्दै अहिले भारतवाट ल्याउन लागेको बल्व त्यो भन्दा कम मुल्य मात्र नभएर एक सय ५० रुपैयाँमा खरिद गरेर देखाउन चुनौती समेत दिए ।
घिसिङले आफूले ‘पैसा कमाउन चाहेको भए २/४ घण्टा लोडसेडिङ गरेर करोडौ कमाएर कमाउन सक्ने थिएँ, भन्दै कमिसनको कुनै लोभ नभएको बताए ।
प्राधिकरणले रु १०४ मा भ्याट, भन्सार र करिव १० प्रतिशत सेवा शुल्क लिएर रु १३५ देखि १४० मा ग्राहकलाई बेच्ने प्रस्ताव गरेको छ । प्राधिकरणले सोही गुणस्तरको बल्ब रु १५० मा ग्राहकलाई दिन्छ भने नेपाल आफ्नो करिब २०० वटा आय काउन्टरमा बुथ राखेर बेच्ने वातावरण मिलाइदिनेसमेत घोषणा गरे ।
कुनै व्यापारीले त्यो बल्व एक सय ५० रुपैयाँमा ल्याए विद्युत पधिकरणका सवै ग्राहक सेवा केन्द्रवाट विवरण गरिदिने समेत वताए । तर, आफ्नो चरित्रमाथि नभएको आरोप लगाएको भन्दै आफुलाई त्यसले गम्भिर वनाएको घिसिङले बताए ।
रु ४७ अर्बको विद्युत् जोगाउनका लागि एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्नका लागि हाल करिब ३५ लाख ग्राहकले प्रयोग गरिरहेका सिएफएल र साधारण बल्ब प्रतिस्थापन गर्ने गरी लिड बल्ब प्रयोगमा ल्याउनुपर्ने आवश्यकता देखिएको उल्लेख गरे ।
विद्युत् लोड व्यवस्थापनका लागि नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयन्त्रले विभिन्न समयमा गरेका निर्णयअनुसार दुई मुलुकबीचका सरकारी तहबाट बल्ब खरिद बिक्री प्रक्रिया अघि बढाइएको र सार्वजनिक खरिद ऐन, २०६३ ९पहिलो संशोधन २०७३०को दफा ४१ (घ२) मा ‘अन्तराष्ट्रिय अन्तरसरकारी संस्थासँग सो संस्थाले तोकेको दरमा मालसामान वा सेवा खरिद गर्नु परेमा सोझै खरिद गर्न सकिने’ व्यवस्था भएअनुसार प्रक्रिया अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै बल्ब खरिद प्रक्रिया अगाडि बढाउने सम्झौता भएअनुसार स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगिएको र सबै कानुनी प्रावधान अनुसरण गरेर अघि बढेकाले अनियमितता छ भनेर प्रश्न गर्नु नै आधारहीन भएको कार्यकारी निर्देशक घिसिङको दावी छ ।
विद्युत्भार कटौती अन्त्य गर्न तत्काल माग पक्ष व्यवस्थापन गर्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा कम्तीमा एक वर्ष समय लाग्ने र गुणस्तरीय बल्ब आउने सम्भावना पनि उत्तिकै रहेकाले खरिद कानुनमा रहेको व्यवस्थालाई टेकेर सरकार–सरकार तहबाट गुणस्तरीय बल्ब खरिद गर्न लागिएको स्पष्ट पारे ।
प्राधिकरणले दुई मुलुकबीचका ऊर्जा संयन्त्रको निर्णयका आधारमा भारतीय कम्पनी पावर ट्रेड कर्पोरेसन, एनटिपिसी विद्युत् व्यापार निगम र उत्तर विहार विद्युत् वितरण कम्पनीसँग उनीहरुले तोकेको रेटमा विद्युत् खरिद गरिरहेको र वार्षिक करिब रु १४ अर्बको विद्युत् आयात भइरहेको स्पष्ट पारे ।
कार्यकारी निर्देशक घिसिङले भने, “पारदर्शी प्रक्रिया अपनाएर सरकारी तहबाट बल्ब खरिद गर्दासमेत कमिसन भयो भनी चर्चा गर्नेलाई प्रश्न छ : के विद्युत् खरिदमा पनि कमिसन खाएर भ्रष्टचार गरिरहेका छौँ ? नेपाल आयल निगमले मार्च २०१७ मा इन्डियन आयल कर्पोरेसनले तोकेको रेटमा पेट्रोलियम पदार्थ कारोबारका लागि पाँचवर्षे सम्झौता गरेको छ ।
आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकको मूल्यमा प्रत्येक वर्ष एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । के पेट्रोलियम पदार्थको खरिदमा पनि कमिसनको खेल भएको छ त रु” १७ मार्च २०१७ मा नौ वाटका एक करोड लिड बल्ब प्रतिबल्ब ६५ भारु (एक अमेरिकी डलर) मा श्रीलङ्का सरकारलाई समेत बिक्रीको प्रस्ताव गरेको छ । भारतीय कम्पनीले बल्ब हेटौँडास्थित प्राधिकरणको केन्द्रीय भण्डारमा उपलब्ध गराउनेछ भने बल्ब कार्यक्रम सञ्चालन गर्न प्राविधिक सहयोग गर्ने, आपूर्ति गरेको बल्बको वारेन्टी ३ वर्षको हुने, वारेन्टीबापत कुल मूल्यको २ दशमलव ५ प्रतिशत बराबरकोे बंैक ग्यारेन्टी वारेन्टी अवधिसम्मका लागि प्राधिकरणलाई उपलब्ध गराउने प्रावधानलाई स्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण