उपत्यकाको खुल्ला क्षेत्रलाई भाडा लगाउन नपाउने गरि प्राधिकरणले गर्यो यस्तो निर्णय
काठमाडौं, बैशाख २६–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीका क्रममा काठमाण्डौ उपत्यकाभित्र पर्याप्त खुल्ला क्षेत्र कायम राख्न पहल गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाभित्र खुल्ला क्षेत्रको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । प्राधिकरणले उपत्यकाभित्रका सार्वजनिक, सरकारी तथा अर्धसरकारी जग्गाहरु कुनै पनि सरकारी, निजी वा अर्धसरकारी संस्थालाई हस्तान्तरण गर्न वा भाडामा नदिन मन्त्रालयहरुलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता यमलाल भूसालले जानकारी दिए ।
प्राधिकरणले यसअघि नेपाल सरकारले गरेको निर्णयलाई लागु गराउन पहल गरेको हो । ँराजधानीका विभिन्न स्थानमा सरकारी, अर्धसरकारी र सार्वजनिक जग्गालाई व्यापारिक प्रयोजनका लागि भाडा दिने र संरचना बनाउने प्रवृति बढेको पाइयो, प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भने, ँभूकम्प जस्ता प्राकृतिक विपद्लाई मध्यनजर गर्दै उपत्यकामा खुल्ला क्षेत्र कायम गराउने उद्देश्यले प्राधिकरणले यस्तो निर्णय गरेको हो ।”
नेपाल सरकारले २०६९ फागुन १४ गते विपद्को समयमा तत्काल शिविर खडा गरी पीडितहरुलाई मानवीय सहयोग, उचित सुरक्षा तथा राहत तथा उद्धार कार्य संचालन गर्न उपत्यकाका तीन जिल्लाका विभिन्न ६८ वटा स्थानलाई खुल्ला क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
ती मध्ये ललितपुरमा १९, काठमाडौंमा ३० र भक्तपुरमा १९ वटा खुल्ला क्षेत्र निश्चित गरिएको छ ।
सरकारले गरेको निर्णयमा ती क्षेत्रमा थप भौतिक संरचना निर्माण गर्न अत्यावश्यक भए त्यस्तो संरचना निर्माण गर्नुपूर्व गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने उल्लेख छ ।
सरकारको निर्णय २०६९ बैशाख २६ गतेको राजपत्रमा प्रकाशित भइसकेको छ । काठमाडौंमा पर्याप्त खुल्ला क्षेत्रहरुको अभावमा २०७२ बैशाखको भूकम्पपछि अधिकांश सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो भने उद्दार तथा राहत कार्यमा पनि समस्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण