शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

राजधानीकै मतदातालाई थाहा छैन कसरी हाल्ने भोट (भिडियो रिपोर्ट)

मङ्गलबार, २६ वैशाख २०७४, १६ : ५२
मङ्गलबार, २६ वैशाख २०७४

शम्भु दंगाल

साँखु, बैशाख २६ – स्थानीय तहको निर्र्वाचन आँउन पाँच दिन मात्र बाँकी रहँदा स्वतन्त्र तथा दलका उम्मेदवारहरुलाई भोट माग्न भ्याइनभ्याइको चटारो छ । तर राजधानीकै मतदातालाई भोट कसरी हाल्ने थाहा छैन ।

काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ की स्थानीय सरस्वति श्रेष्ठ सानो किराना पसल संचालन गर्छिन् । उनका श्रीमान फोरम लोकतान्त्रिकका तर्फबाट वडा सदस्यमा उठेका छन् । उनले स्थानीय तहमा कसरी भोट हाल्ने अझै सिक्ने अवसर पाएकी छैनन् ।

सरस्वती जस्तै साँखुका धेरै महिलालाई चुनावमा कति चिन्ह हुन्छन् र कसरी भोट खसाल्ने अझै थाहा छैन् । साँखुकी सीता जोशी भन्छिन, धेरै पुराना, बृद्ध उमेर समुहका ब्यक्तिहरुलाई चुनावमा भोट कसरी खसाल्ने थाहा छैन ।

साँखुकै अर्की स्थानीय मिना सिंहले भने चुनावमा भोट खसाल्ने तरिका सिकिसकेकी छिन् । उनका श्रीमान बिद्यालयका शीक्षक हुन् । हालसालै नमुना मतपत्र ल्याएर श्रीमानले भोट खसाल्ने तरिका सिकाएको उनले बताइन् ।

काठमाडौंको रत्नपार्कबाट झन्डै २० किलोमिटर साँखुका केही स्थानीयले भने चुनाव प्रचारमा आएका दलका कार्यकर्ताबाट मत हाल्ने तरिका सिकेको बताए । स्थानीय धनेश्वरनाथ श्रेष्ठ किराना पसल संचालन गर्छन् ।

उनले राजनीतिक कार्यकर्ताबाट नमुना मतपत्र पाएका थिए । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम चलाएको बताएपनि त्यो पर्याप्त नभएको र धेरैलाई भोट खसाल्ने तरिकाबारे जानकारी नभएको बताए ।

साँखुकै अर्का स्थानीय लक्ष्मण श्रेष्ठलाई यसपाली धेरै मत बदर हुने हो की भन्ने चिन्ता लागेको छ । उनले भने– ‘पहिलेको भन्दा मतपत्र फरक छ, नपढेको मान्छेलाई धेरै समस्या पर्छ जस्तो छ, भोट माग्नेहरु आफ्नो चिन्हमा भोट मागेर जान्छन, यसपाली धेरै मत बदर होला जस्तो छ ।’

महिला तथा बृद्धका लागि भोट कसरी दिने भन्नेबारेमा प्रशिक्षण नदिने हो भने धेरै मत खेर जाने उनले बताए ।

२०७२ सालको भूकम्पलेसाँखु बजारमा ठूलो क्षति पुगेको थियो । यतिबेला तिनै भत्केका घरहरुमा चुनावको नयाँ रंग आएको छ ।

चुनावमा उठेका उम्मेद्धवाहरु भोट मागदै घरदैलो गर्न ब्यस्त छन् ।

पूरानै चुनावी सपना, पूरा हुनेमा आशंका

चुनावी प्रक्रिया शुरु भएसँगै उम्मेदवारहरुले जनतालाई नयाँ आसा र सपनाहरु पनि बाँढिरहेका छन् । चुनावबाट निर्वाचित हुने प्रतिनिधीले भत्केका घरको पुनर्निर्माण, बाटो, खानेपानीको समस्या समाधान गरिदिन स्थानीयहरुले आग्रह गरेका छन् । भूकम्पबाट साँखुका धेरैले बासस्थान गुमाएका छन् । उनीहरुले भोट माग्न आउनेसँग घर निर्माणको समस्या, सिंचाई, बाटो निमार्ण, सरसफाईको माग गरेका छन् । नगरपालिका घोषणा भएपनि व्यवस्थित नभएकोमा उनीहरुको चिन्ता छ ।

स्थानीय तहको निर्वाचनका लागि शंखरापुर नगरपालिकामा राजनीतिक दलका तर्फबाट र स्वतन्त्रबाट गरी २ सय ७ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मेयरका लागि १० जना र उपमेयरका लागि ९ जनाले चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । ६ वटा गाबिस मिलेर बनेको काठमाडौंको शंखरापुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबिच कडा प्रतिष्पर्धा छ ।

उम्मेदवारहरुले अधिक मत आफूतिर तान्न घोषणापत्र मार्फत नयाँ योजना पनि सार्वजनिक गरेका छन् । चुनाव हुन लागेकोमा खुसी देखिएका स्थानीयहरु चुनावपछि निर्वाचित प्रतिनिधीले फेरी आफ्ना प्रतिबद्धता भूल्नेमा चिन्ता ब्यक्त गर्छन् । स्थानीयस्तरको विकास निमार्णलाई ध्यान दिने उम्मेदवार छान्नुपर्ने सर्वसाधारणको बुझाई छ ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप