शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बरियतामा गच्छदारभन्दा निधि पछाडि

मङ्गलबार, २६ वैशाख २०७४, १७ : ०२
मङ्गलबार, २६ वैशाख २०७४

काठमाडौं, वैशाख २६– कमल थापालाई दोस्रो बरियतामा राखिएपछि रुष्ट भई राजिनामा नै दिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फेरि पनि बरियतामा पछाडि राखिएको छ ।

सोमवार मात्रै सरकारमा सहभागी भएका विजयकुमार गच्छदारलाई बर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिएको छ । सोमबार सरकारमा सहभागी गच्छदारलाई कमल थापाकै ठाउँमा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिनुका साथै बरियतामा पनि निधि भन्दा माथि राखिएको हो ।

सरकारको अधिकारिक वेबसाइटमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा गच्छदारलाई राखिएको छ । सोमवार गच्छदारसँगै नेपाल लोकतान्त्रिक फोरमका तीन मन्त्रीले सपथ खाएका थिए ।

कमल थापालाई सरकारमा ल्याइएपछि बरियतामा आफूलाई पछाडि राखिएको भन्दै निधिले मन्त्रिपरिषद् बैठक नै बहिष्कार गर्नुका साथै पदबाटै राजिनामा दिएका थिए ।

पछिल्लो समय प्रधानन्यायाधी महाभियोग प्रकरणमा असन्तुष्टि जनाउँदै राप्रपा सरकारबाट बाहिरिएपछि निधि राजिनामा फिर्ता लिएर पुनः मन्त्रालय फर्किएका थिए । गच्छदारलाई सरकारमा सहभागी गराएपछि पनि निधि बरियतामा दोस्रो नभएपछि के गर्लान् हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप