आम आदमी पार्टीको हत्या हुन्छ कि आत्महत्या गर्छ ?
योगेन्द्र यादव
यदी कसैले अरविन्द केजरीवाल घमण्डी भएछन् भन्यो भने वा कसैले सत्ताको लालची भएछन् भन्यो भने या राजनीतिमा अवसरवादी भएछन् भन्यो भने यी अरोपहरुलाई म मान्न सक्छु ।
तर, यदी कसैले उनले पैसा खायो, घुस लियो भन्यो म भन्ने छु, भाई केही प्रमाण चाहियो । यो कुरा मान्न अघि केही प्रमाण त चाहिन्छ नि ।
राजनीतिमा यो संस्कार नै बनेको छ, यदी तपाईं कसैको विरोध गर्दै हुनुहुन्छ भने तपाईं जे पनि भन्न पाउनुहुन्छ, जे पनि स्वीकार गर्नुहुन्छ, तर यो राजनीतिक मर्यादा होइन ।
एक मन्त्री महोदयले यो सम्म भने कि हिजो जो मेरो मुख्यमन्त्री थिए, उनले यति धेरै पैसा लिएको आफ्नो आँखाले देखेको छु, यो सामान्य परिस्थितिमा पनि गम्भिर हुनसक्छ ।
तर, जसरी त्यहाँ उथलपुथल भइरहेको छ, जसरी खुल्ला र नाङ्गो सत्ताको लडाईं भइरहेको छ, त्यस्तो परिस्थितिमा कसैले भन्दैमा त्यो कुराको विश्वास गर्न पर्याप्त हुँदैन ।
पहिलो सम्भावना साँचो र इमान्दार राजनीतिको थियो, जुन दुई वर्ष पहिले नै खत्तम गरिदियो ।
दोस्रो सम्भावना सुशासनको थियो, जुन विस्तारै खत्तम हुँदैछ ।
तेस्रो आशा थियो कि पार्टी नरेन्द्र मोदी वा उनीजस्तै शक्तिको जमेर मुकाबला गर्नेछ । तर, त्यो सम्भावना पनि पञ्जावमा खत्तम भयो । सपनाको यस्तो मृत्यु कसैलाई राम्रो लाग्दैन ।
यस्तोमा हामीजस्ताहरुले न्यूनतम काम गर्न सक्छौँ कि भलै आम आदमीको जहाज डुबिरहेको छ, हामीले भने हाम्रो सन्तुलन गुमाउनु हुँदैन । सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ ।
यतिबेला त्रासदी यही छ कि देशको सत्ताधारी भारतीय जनता पार्टी हर उपाय र हतकण्डा लगाएर आम आदमी पार्टीलाई खत्तम गर्ने कोशिस गरिरहेको छ ।
यो लोकतन्त्रमा बिलकुल गलत चीज हो र यसको विरोध गर्नुपर्छ ।
हत्या हुन्छ कि आत्महत्या
तर, अर्कोतर्फ आम आदमी पार्टीको नेतृत्व आफ्नै पार्टीलाई खत्तम गर्न उद्दत छ ।
दुर्भाग्य यो कुरा को छ कि यतिबेला आम आदमी पार्टीको हत्या पहिले हुन्छ कि आत्महत्या भन्ने कुरामा बाजी राखिएको छ । दुवै कुरा निकै दुःखद हुनेछ ।
यो एउटा सपनाको मृत्यु हुनेछ र एउटा सपनाको मृत्युमा तपाईं ताली बजाउन सक्नुहुनेछैन । जसमा खुसायली मनाउन सकिनेछैन ।
यसबारे तपाईं सोच्न सक्नुहुनेछ, मनन गर्न सक्नुहुनेछ, शिक्षा लिनसक्नुहुनेछ र अगाडि बढ्न सक्नुहुनेछ ।
वैकल्पिक राजनीतिको जुन सम्भावना आम आदमी पार्टीबाट पैदा भएको थियो, त्यसलाई ठूलो झड्का लागेको छ । तर, यो झड्का आज लागेको होइन, न त पञ्जावमा पराजय भएपछि लागेको हो ।
यो झड्का त्यो दिन लागेको थियो जुन दिन आम आदमीको नेतृत्व यस्ता व्यक्तिहरुको कब्जामा पुग्यो जसलाई न विकल्पमा रुची थियो न त लोकतन्त्रमा नै ।
धक्का त्यो दिन लाग्यो जुन दिन पार्टी आफैले लोकपाललाई बाटो देखाइ दियो ।
धक्का त्यो दिन लाग्यो जुन दिन पार्टीले ५३६ करोड रुपैयाँ विज्ञापनका लागि बजेट भन्दै छुट्यायो र आफ्नो राजनीतिक विज्ञापन शुरु गर्यो ।
जब कसैले इमान्दारीको कुरा गर्नेछ
धक्का त्यो दिन लाग्यो जब पार्टीले आफ्ना मन्त्रीहरुलाई एकपछि अर्को गर्दै भ्रष्टाचार र दुराचारको मामिलामा हटाउन पर्यो ।
त्यसैले धक्का एक दिनमा लागेको होइन । तर, दुःखको कुरा के हो भने यो धक्काको सजाय ति व्यक्तिहरुले पनि भोग्नुपर्नेछ जसको योसँग कुनै सम्बन्ध नै थिएन ।
कहीँ न कहीँ यो बाबा भारती र खड्ग सिंहको किस्सा बनेको छ । मानिसहरुलाई लागेको छ कि अब आउने दिनमा कसैले इमानदारीको कुरा गर्यो भने पनि उसमाथि कसैले चाँडो भरोसा गर्नेछैन ।
तर दीर्घकालमा हेर्दा यसलाई केवल धक्का मात्र मान्न हुँदैन । आम आदमी पार्टीको प्रयोगले हजारौँ नयाँ मानिस, कार्यकर्ता राजनीतिमा आए ।
नयाँ विचार आयो, यिनीहरु सबै आम आदमीको जहाजमा बस्न सक्दैन थिएँ ।
यदी अब यो जहाज डुब्यो भने उनीहरु नयाँ जहाजको तयारी गर्नेछन् । लोकतन्त्रमा, राजनीतिमा नयाँ प्रयोग असफल हुन्छ, त्यसपछि फेरि अर्को नयाँ प्रयोग हुन्छ । यो सिलिसिल चलिरहनेछ ।
हरिवंश राय बच्चको शब्दमा – फेरि गुँडको निर्माण ।
जहाँसम्म आम आदमी पार्टीको सुधारको कुरा छ, हामीले त्यो बाटो कहिले छाडेका छैनौँ, जुन बाटोमा हामी रामलिला मैदानबाट हिँडेका थिएनौँ । अन्य मानिसहरुले छाडे, चिप्ले, सिद्धान्तलाई तिलान्जली दिए ।
हाम्रो त मनको तयारी छ
हामीले कठिन बाटो छाडेनौँ, आरामदायी बाटो पक्डेनौँ । दिल्लीको एमसीडी चुनावमा हामी सफल भएनौँ । तर, हामी आफैले कठिन बाटो चुनेका हौँ । जसलाई विश्वले लामो समयसम्म असफलता भन्ने छ, तर हामीले त आफ्नो मनमा तयारी गरेका छौँ ।
जसलाई कुर्सी मनपर्न थाल्यो, केही आरामदायी लाग्न थाल्यो, उनीहरुले सोच्नुपर्छ कि के अब फेरि कठिन बाटो समात्ने हो ?
राजनीतिमा सबैभन्दा ठूलो चुनौती हुन्छ कि जुन शुभ छ, सुन्दर छ, त्यसलाई तपाईं व्यवहारिक र प्रभावी कसरी बनाउनुहुन्छ ? हाम्रो आजको लोकतन्त्रमा पैसाको भूमिका आएको छ ।
त्यसमा मिडियातन्त्रको भूमिका आएको छ, दुर्भाग्य यही छ कि मिडिया आफै पैसासँग जोडिएको छ ।
यसको बीचमा राम्रो विचार, राम्रो मान्छे, सही मुद्दा कायम रहन सक्दैन । उनीहरुलाई बारम्बार झड्का लागिरहन्छ ।
तर, यसको यो अर्थ होइन कि हामी त्यो प्रयोगलाई नै छाडिदिऔँ । संसारमा राम्रोलाई वास्तविकता बनाउन, शुभलाई साँचो बनाउन नै शाश्वत लडाईं हो ।
राजनीति केवल यसको एक मैदान हो । म पछिल्ला ३० वर्षदेखि यो लडाईं लडिरहेको छु, आगामी २० वर्ष पनि यही गर्नुपर्छ भने यसमा खराबी के छ ?
(अरविन्द केजरीवालको पार्टीका मुख्य हिस्सा रहेका योगेन्द्र यादव अब स्वराज इन्डियाका राष्ट्रिय अध्यक्ष हुन् । बिबिसीका संवाददाता प्रदीप कुमारसँगको कुराकानीको आधारमा यो लेख तयार गरिएको हो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण