शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

आम आदमी पार्टीको हत्या हुन्छ कि आत्महत्या गर्छ ?

मङ्गलबार, २६ वैशाख २०७४, १७ : १७
मङ्गलबार, २६ वैशाख २०७४

योगेन्द्र यादव

यदी कसैले अरविन्द केजरीवाल घमण्डी भएछन् भन्यो भने वा कसैले सत्ताको लालची भएछन् भन्यो भने या राजनीतिमा अवसरवादी भएछन् भन्यो भने यी अरोपहरुलाई म मान्न सक्छु ।

तर, यदी कसैले उनले पैसा खायो, घुस लियो भन्यो म भन्ने छु, भाई केही प्रमाण चाहियो । यो कुरा मान्न अघि केही प्रमाण त चाहिन्छ नि ।

राजनीतिमा यो संस्कार नै बनेको छ, यदी तपाईं कसैको विरोध गर्दै हुनुहुन्छ भने तपाईं जे पनि भन्न पाउनुहुन्छ, जे पनि स्वीकार गर्नुहुन्छ, तर यो राजनीतिक मर्यादा होइन ।

एक मन्त्री महोदयले यो सम्म भने कि हिजो जो मेरो मुख्यमन्त्री थिए, उनले यति धेरै पैसा लिएको आफ्नो आँखाले देखेको छु, यो सामान्य परिस्थितिमा पनि गम्भिर हुनसक्छ ।

तर, जसरी त्यहाँ उथलपुथल भइरहेको छ, जसरी खुल्ला र नाङ्गो सत्ताको लडाईं भइरहेको छ, त्यस्तो परिस्थितिमा कसैले भन्दैमा त्यो कुराको विश्वास गर्न पर्याप्त हुँदैन ।

पहिलो सम्भावना साँचो र इमान्दार राजनीतिको थियो, जुन दुई वर्ष पहिले नै खत्तम गरिदियो ।

दोस्रो सम्भावना सुशासनको थियो, जुन विस्तारै खत्तम हुँदैछ ।

तेस्रो आशा थियो कि पार्टी नरेन्द्र मोदी वा उनीजस्तै शक्तिको जमेर मुकाबला गर्नेछ । तर, त्यो सम्भावना पनि पञ्जावमा खत्तम भयो । सपनाको यस्तो मृत्यु कसैलाई राम्रो लाग्दैन ।

यस्तोमा हामीजस्ताहरुले न्यूनतम काम गर्न सक्छौँ कि भलै आम आदमीको जहाज डुबिरहेको छ, हामीले भने हाम्रो सन्तुलन गुमाउनु हुँदैन । सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ ।

यतिबेला त्रासदी यही छ कि देशको सत्ताधारी भारतीय जनता पार्टी हर उपाय र हतकण्डा लगाएर आम आदमी पार्टीलाई खत्तम गर्ने कोशिस गरिरहेको छ ।

यो लोकतन्त्रमा बिलकुल गलत चीज हो र यसको विरोध गर्नुपर्छ ।

हत्या हुन्छ कि आत्महत्या

तर, अर्कोतर्फ आम आदमी पार्टीको नेतृत्व आफ्नै पार्टीलाई खत्तम गर्न उद्दत छ ।

दुर्भाग्य यो कुरा को छ कि यतिबेला आम आदमी पार्टीको हत्या पहिले हुन्छ कि आत्महत्या भन्ने कुरामा बाजी राखिएको छ । दुवै कुरा निकै दुःखद हुनेछ ।

यो एउटा सपनाको मृत्यु हुनेछ र एउटा सपनाको मृत्युमा तपाईं ताली बजाउन सक्नुहुनेछैन । जसमा खुसायली मनाउन सकिनेछैन ।

यसबारे तपाईं सोच्न सक्नुहुनेछ, मनन गर्न सक्नुहुनेछ, शिक्षा लिनसक्नुहुनेछ र अगाडि बढ्न सक्नुहुनेछ ।

वैकल्पिक राजनीतिको जुन सम्भावना आम आदमी पार्टीबाट पैदा भएको थियो, त्यसलाई ठूलो झड्का लागेको छ । तर, यो झड्का आज लागेको होइन, न त पञ्जावमा पराजय भएपछि लागेको हो ।

यो झड्का त्यो दिन लागेको थियो जुन दिन आम आदमीको नेतृत्व यस्ता व्यक्तिहरुको कब्जामा पुग्यो जसलाई न विकल्पमा रुची थियो न त लोकतन्त्रमा नै ।

धक्का त्यो दिन लाग्यो जुन दिन पार्टी आफैले लोकपाललाई बाटो देखाइ दियो ।

धक्का त्यो दिन लाग्यो जुन दिन पार्टीले ५३६ करोड रुपैयाँ विज्ञापनका लागि बजेट भन्दै छुट्यायो र आफ्नो राजनीतिक विज्ञापन शुरु गर्यो ।

जब कसैले इमान्दारीको कुरा गर्नेछ

धक्का त्यो दिन लाग्यो जब पार्टीले आफ्ना मन्त्रीहरुलाई एकपछि अर्को गर्दै भ्रष्टाचार र दुराचारको मामिलामा हटाउन पर्यो ।

त्यसैले धक्का एक दिनमा लागेको होइन । तर, दुःखको कुरा के हो भने यो धक्काको सजाय ति व्यक्तिहरुले पनि भोग्नुपर्नेछ जसको योसँग कुनै सम्बन्ध नै थिएन ।

कहीँ न कहीँ यो बाबा भारती र खड्ग सिंहको किस्सा बनेको छ । मानिसहरुलाई लागेको छ कि अब आउने दिनमा कसैले इमानदारीको कुरा गर्यो भने पनि उसमाथि कसैले चाँडो भरोसा गर्नेछैन ।

तर दीर्घकालमा हेर्दा यसलाई केवल धक्का मात्र मान्न हुँदैन । आम आदमी पार्टीको प्रयोगले हजारौँ नयाँ मानिस, कार्यकर्ता राजनीतिमा आए ।

नयाँ विचार आयो, यिनीहरु सबै आम आदमीको जहाजमा बस्न सक्दैन थिएँ ।

यदी अब यो जहाज डुब्यो भने उनीहरु नयाँ जहाजको तयारी गर्नेछन् । लोकतन्त्रमा, राजनीतिमा नयाँ प्रयोग असफल हुन्छ, त्यसपछि फेरि अर्को नयाँ प्रयोग हुन्छ । यो सिलिसिल चलिरहनेछ ।

हरिवंश राय बच्चको शब्दमा – फेरि गुँडको निर्माण ।

जहाँसम्म आम आदमी पार्टीको सुधारको कुरा छ, हामीले त्यो बाटो कहिले छाडेका छैनौँ, जुन बाटोमा हामी रामलिला मैदानबाट हिँडेका थिएनौँ । अन्य मानिसहरुले छाडे, चिप्ले, सिद्धान्तलाई तिलान्जली दिए ।

हाम्रो त मनको तयारी छ

हामीले कठिन बाटो छाडेनौँ, आरामदायी बाटो पक्डेनौँ । दिल्लीको एमसीडी चुनावमा हामी सफल भएनौँ । तर, हामी आफैले कठिन बाटो चुनेका हौँ । जसलाई विश्वले लामो समयसम्म असफलता भन्ने छ, तर हामीले त आफ्नो मनमा तयारी गरेका छौँ ।

जसलाई कुर्सी मनपर्न थाल्यो, केही आरामदायी लाग्न थाल्यो, उनीहरुले सोच्नुपर्छ कि के अब फेरि कठिन बाटो समात्ने हो ?

राजनीतिमा सबैभन्दा ठूलो चुनौती हुन्छ कि जुन शुभ छ, सुन्दर छ, त्यसलाई तपाईं व्यवहारिक र प्रभावी कसरी बनाउनुहुन्छ ? हाम्रो आजको लोकतन्त्रमा पैसाको भूमिका आएको छ ।

त्यसमा मिडियातन्त्रको भूमिका आएको छ, दुर्भाग्य यही छ कि मिडिया आफै पैसासँग जोडिएको छ ।

यसको बीचमा राम्रो विचार, राम्रो मान्छे, सही मुद्दा कायम रहन सक्दैन । उनीहरुलाई बारम्बार झड्का लागिरहन्छ ।

तर, यसको यो अर्थ होइन कि हामी त्यो प्रयोगलाई नै छाडिदिऔँ । संसारमा राम्रोलाई वास्तविकता बनाउन, शुभलाई साँचो बनाउन नै शाश्वत लडाईं हो ।

राजनीति केवल यसको एक मैदान हो । म पछिल्ला ३० वर्षदेखि यो लडाईं लडिरहेको छु, आगामी २० वर्ष पनि यही गर्नुपर्छ भने यसमा खराबी के छ ?

(अरविन्द केजरीवालको पार्टीका मुख्य हिस्सा रहेका योगेन्द्र यादव अब स्वराज इन्डियाका राष्ट्रिय अध्यक्ष हुन् । बिबिसीका संवाददाता प्रदीप कुमारसँगको कुराकानीको आधारमा यो लेख तयार गरिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप