संघीय समाजवादीको प्रशिक्षण
मङ्गलबार, २६ वैशाख २०७४, १७ : ५१
रुपन्देही २६, वैशाख । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा सहभागी भएपछि उत्पन्न भ्रम चीर्न र भावी रणनीति तय गर्न तराई थरुहट समिति अन्तर्गत आठ जिल्लाका शीर्ष नेताहरुलाई वर्तमान राजनीतिक विषयमा प्रशिक्षण दिएको छ ।
तराई थरुहट समितिको आयोजना भएको प्रशिक्षण कार्यक्रममा चितवनदेखि कञ्चनपुरसम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद्, प्रदेश समिति सदस्य र जिल्ला अध्यक्षहरुको विशेष सहभागिता रह्यो ।
रुपन्देहीको लुम्बिनीमा मंगलबार आयोजित एक दिवसीय प्रशिक्षण गोष्ठीमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत र उपमहासचिव अभिषेकप्रताप शाह लागतयको उपस्थिति रहेको थियो । यसअघि हिजो सोमबार वीरगञ्ज र आइतबार सिरहाको लहानमा फोरम नेपालले प्रदेश स्तरिय प्रशिक्षत भेला सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी रुपन्देहीका जिल्ला सदस्य एवं कमहरिया गाउँ पालिका पूर्व उपाध्यक्ष हरिकुमार चौधरी, रुपन्देही जिल्लाको क्षेत्र नं.७ का क्षेत्रिय सदस्य अशोक लोध पार्टी परित्याग गरी संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
पछिल्लोसमय विकसित राजनीतिक परिस्थितिको सामना गर्न पार्टीलाई झन् सुद्दढ, संगठित, चुस्त दुरुस्त र नेतृत्वपंक्तिलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न शीर्ष नेताहरुको उपस्थितिमा प्रदेश स्तरिय प्रशिक्षण दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण