निर्वाचनकाबेला मर्यादित बन्न पत्रकार महासंघको आग्रह
मङ्गलबार, २६ वैशाख २०७४, १७ : ५५
काठमाडौं, वैशाख २६– समाचारको विषयमा पछिल्लो समय विभिन्न पत्रकार तथा सञ्चार माध्याममाथि हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघका सचिव प्रभात चलाउनेले मंगलबार विज्ञप्ति जारी गर्दै पत्रकार विरुद्ध हुने कुनै पनि घटनाहरुलाई गम्भिरतापूर्वक लिई तत्काल उचित कानूनी कारवाही गर्न र पत्रकारलाई अनाहकमा दुःख नदिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।
साथै महासंघले सञ्चार माध्यम तथा पत्रकारमाथि हुने हस्तक्षेप र प्रेस स्वतन्त्रता हनन्का घटनाहरुलाई सुक्ष्म रुपमा अनुगमन गरिरहेको पनि जनाएको छ ।
पत्रकार अजय देसारमाथि भएको आक्रमणको हालसम्म अनुसन्धान र दोषीलाई पक्राउ गर्ने काम समेत नभएको भन्दै महासंघले आपत्ति जनाएको छ । वैशाख ११ गते ललितपुरको नखिपोटमा अज्ञात ब्यक्तिले देसारमाथि आक्रमण गरी क्यामरामा समेत क्षति पुर्याएका थिए ।
यसैगरी, पर्वत मानवदृष्टि अनलाइनका पत्रकार तथा महासंघ पर्वतका पूर्व उपाध्यक्ष गोपाल जिसी तथा रोल्पाका पत्रकार पुष्टमान घर्तीमगरलाई सोमवार पक्राउ गरिएको महासंघले जनाएको छ ।
महासंघले निर्वाचनको संवेदनशील घडिमा पत्रकारलाई निर्वाचनआचार संहिताको पालना गर्न र पत्रकारको व्यवसायिक दायित्व निर्वाहमा कुनै अवरोध नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण