शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकविरुद्ध उजुरी दर्ता

मङ्गलबार, २६ वैशाख २०७४, १२ : १४
मङ्गलबार, २६ वैशाख २०७४
डोल्पा, २६ वैशाख । निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचार गरेको भन्दै यहाँका छजना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेकपा एमालेसमर्थक शिक्षक सङ्गठनका आबद्ध रहेका बलभद्र प्राविका शिक्षक केशव थापा, सोही विद्यालयका चन्द्र बुढा, ज्योति प्राविका गङ्गाबहादुर बुढा, त्रिपुरा माविका प्रअ कृष्णबहादुर बोहोरा र हिमज्योति प्राविका प्रअ तुलबहादुर बिष्ट र धुव्रतारा प्राविका शिक्षक शेरबहादुर बुढाविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको हो । नेपाल शिक्षक सङ्गठनमा आबद्ध ती शिक्षकले विद्यालयको समयमा पढाउन छाडेर खुलारुपमा एमालेका उम्मेदवारको पक्षमा भोट माग्दै चुनावी सभामा सहभागी भएको भन्दै कारबाही गरिपाऊँ भनी माओवादी केन्द्रका कार्यकर्ता जयबहादुर रोकायले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यही वैशाख २४ मा किटानी उजुरी दिएका हुन् । रोकाय डोल्पो क्याम्पस डोल्पाका स्ववियु सभापतिसमेत हुन् । मुख्य निर्वाचन अधिकृत सनतकुमार लवर्टका अनुसार आरोपित शिक्षकलाई कारबाही किन नगर्ने भन्ने सम्बन्धमा प्रारम्भिक प्रक्रियाअन्तर्गत जिल्ला शिक्षा कार्यालयमार्फत स्पष्टीकरण मागिएको छ । आयोगलाई चित्तबुझ्दो कारण खुलाउन नसकेको खण्डमा तथा निवेदक रोकायले आवाश्यक प्रमाण जुटाउन सकेकामा शिक्षक पदबाट निलम्बनका लागि सिफारिस गरिनेसमेत मुख्य निर्वाचन अधिकृत लवर्टले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप