पोखरा–लेखनाथ महानगरका उम्मेदवार भन्छन्, ‘समृद्धि नै प्राथमिकता’
पोखरा,२६ वैशाख । पोखरा–लेखनाथ महानगरपालिकाको समृिद्ध नै आफूहरुको प्राथमिकतामा रहेको महानगरपालिका प्रमुखका उमेदवारले बताएका छन् ।
पोखरा जेसिज, पोखरा लेडी जेसिज र लेखनाथ जेसिजको संयुक्त आयोजनामा आज यहाँ भएको ‘उम्मेदवारीको औचित्य र आवश्यकता’ विषयक बहस कार्यक्रममा उनीहरुले पोखरालाई स्मार्टसिटी, बेरोजगारविहीन, सफा सडक, बसपार्क र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाहरु पेस गरेका छन् ।
सो अवसरमा नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले पोखरा लेखनाथ महानगरलाई समृद्ध बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै पोखरालाई प्रविधि र सेवाग्राही मैत्री, उद्यमीको सहर, वातावरणमैत्री, स्वच्छ पिउने पानी र दिगो विकासको नमूना सहर बनाउने आफ्नो मुख्य एजेन्डा रहेको धारणा व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार गोमा ढकालले पोखरालाई समृद्ध नमुना महानगर बनाउने तथा महानगरका युवालाई यही नै रोजगारीका अवसर सृजना गर्ने योजना ल्याउने जानकारी दिए ।
सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबाट प्रमुख पदका उम्मेदवार हुमबहादुर गुरुङले भौतिक विकासभन्दा पनि मानव संसाधनको विकासमा आपूmले ध्यान दिने विचार व्यक्त गरे ।
अखण्ड नेपाल पार्टीका मोती गिरी, नेकपा मालेका टेकनाथ भण्डारी, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर खत्री क्षेत्री, नेपाल परिवार दलका कल्पना बराल, फोरम लोकतान्त्रिकका अमनकुमार थापा, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका ऋषिप्रसाद तिमिल्सिना, स्वतन्त्र उम्मेदवार रेशमराज पन्थी, महेन्द्रकुमार थापालगायतले पोखरालाई एक घर एक रोजगार, चक्रपथ, बसपार्क र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आफ्नो प्राथमिकतामा रहेको विचार व्यक्त गरे ।
पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महानगरका १० जना प्रमुख पदका उम्मेदवारको सहभागिता थियो । स्थानीय तहको निर्वाचनमा उक्त महानगरपालिकाका प्रमुख पदमा १६ जनाले उम्मेदवारी दिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण