शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

माधव नेपालको प्रस्तावः जेठ १२ गते निर्वाचन

मङ्गलबार, २६ वैशाख २०७४, १८ : ३६
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, वैशाख २६– प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बजेटअघि नै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने दावी गरेका छन् । नेता नेपालले दोस्रो चरणको निर्वाचन जेठ १२ गते गर्न उपयुक्त हुने प्रस्ताव गरे । स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएको १० दिन भित्रै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई कठिनाई नहुने दावी समेत गरे । उनले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेश गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । नेता नेपालले प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएर सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले न्यायालयलाई ध्वस्त पार्न खोजेको आरोप पनि लगाए । उनले न्यायालयको क्षेत्राधिकारमाथि हस्तक्षेप नगर्न पनि सरकार र सत्तारुढ दलहरुलाई आग्रह गरे । नेता नेपालले सरकारले निर्वाचनलाई प्रभावित तुल्याउने गरी विभिन्न गतिविधि गरिरहेको आरोप पनि लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप