साइकल चलाउँदै गरेका बालकको मृत्यु
आइतबार, ३१ वैशाख २०७४, ०९ : ३५
गौशाला, ३१ वैशाख - महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बालुवा बोकेको ट्र्याक्टरले ठक्कर दिँदा एक साइकल चालक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोनमा गाउँपालिका–३ बस्ने जलन्धर दासका छोरा १० वर्षीय राहुल दास रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
शनिबार साँझ गाउँ नजिकैको खोलाबाट बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ज१त ६२६६ नंको ट्र्याक्टरले आफ्नै घर अगाडि साइकल चलाउँदै गरेका बालक राहुल दासलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।
घटनापश्चात् ट्र्याक्टरका चालक फरार भएका छन् भने प्रहरीले पीडित परिवार र गाउँलेको सहयोगमा शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण