बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनको असर : राजधानीको सुनसान सडक बन्यो फुटबल मैदान (फोटोफिचर)

आइतबार, ३१ वैशाख २०७४, ११ : ३८
आइतबार, ३१ वैशाख २०७४

ललितपुर, वैशाख ३१ – सँधै धुँवा धुलो, मानिसहरुको भिड र सवारीको जाम देखिने काठमाडौँ उपत्यकाका सडक आइतबार सुनसान देखिएको छ ।

पछिल्लो समय बन्दको असर पनि बिरलै देखिने राजधानीमा स्थानीय तहको निर्वाचनको असर भने व्यापक देखिएको हो ।

प्रशासनले निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन अविधभर सवारी साधन चलाउन बन्देज लगाएको छ ।

खुल्ला सडकको फाइदा उठाउँदै साइक्लिङदेखि सडकमा नै खेल खेल्नेहरु प्रशस्त भेट्न सकिन्छ ।

यता, मतदाताहरु मतदान केन्द्रसम्म हिँडेरै पुगिरहेको दृश्य पनि देख्न पाइन्छ ।

हेर्नुहोस् २५ तस्विरमा सुनसान काठमाडौँ र ललितपुरमा फोटोपत्रकार कृष्ण खड्काले कैद गरेका २५ तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप