बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पश्चिम दाङको पक्की सडकमा धुलैधुलो, स्थानीयको स्वास्थ्यमा असर

आइतबार, ३१ वैशाख २०७४, १२ : १३
आइतबार, ३१ वैशाख २०७४

ओपेन्द्र बस्नेत

तुलसीपुर बैशाख ३१ – पक्की सडकमा उडेको धुलोले पश्चिम दाङका नागरिकहरुको स्वास्थ्य जोखिममा परेको छ । पवननगर–पुरन्धारा सडक अन्र्गत गहतेखोला देखि शान्तिगर गाउँपालिकाको पातेटाकुरासम्म गरिएको वटासील (पक्कीसडक)मा सवारीसाधनले उडाएको धुलोका कारण नागरिकहरुको स्वास्थ्य जोखिममा परेको हो । चार बर्ष अघि सडकमा गरिएको वटासील उप्केपछि मर्मत भन्दै पुनः अलकत्रा राखेर मसीनो बालुवा माथिबाट विछ्याएपछि धुलो उडेको स्थानीयले बताएका छन् । (पक्की) सडकमा बालुवाको धुलो उडेपछि सडक छेउँछाउँमा बस्दै आएका स्थानीय, पदैलयात्रु र स्वयम गाडिमा यात्रा गर्नेहरुको स्वास्थ्य जोखिममा परेको तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निबासी स्थानीय मंगलबसिङ भण्डारीले गुनासो गरे । ‘दैनिक डेढ दुई सय गाडि सडकमा ओहोरदोहोर गर्छन्, धुलोले सडक छेउँछाउँमा बस्ने हामीलाई मात्रै नभई बाटोमा हिँड्ने र गाडिमा चढ्नेलाई समेत असर गरेको हुन्छ, स्थानीय भण्डारीले भने ।’ धुलोबाट बच्न माक्सले मुख छोपेपनि मसीनो बालुवा आँखामा पर्ने भएकाले झनै हैरानी वेहोर्नु परेको स्थानीयले बताएका छन् । सडकमा अलकत्रा विछ्याएर माथिबाट बालुवा छर्किने कार्यलाई जिल्ला प्राविधिक कार्यालय दाङले स्यान्सील नाम दिएको छ । ओटीसील गरिएको सडकलाई थप बलियो बनाउनकालागि गिट्टी निस्कीन र पानी पस्न नदिनका लागि अलकत्रा राखेर माथिबाट बालुवा छर्केको जिल्ला प्राविधिक कार्यालय दाङका इन्जिनियर मुकुन्द थापाले जानकारी दिए । करिब चार बर्षअघि गहतेखोला देखि खिलतपुर सम्म १८ किलोमिटर दुरीमा गरिएको ओटासीललाई बलियो बनाउन स्यान्सीलन कार्य सुरु गरिको प्राविधिक कार्यालयले जनाएको छ । राष्ट्रिय ग्रामीण यतायात सुदृढीकरण कार्यक्रम अन्र्गत स्यान्सील र वटासीलका लागि विश्व बैंकले झण्डै एक करोड बजेट सहयोग गरेको छ । साढे १८ किलोमिटर सडकमा स्यान्सील गर्नका लागि लागि ७० लाख ९५ हजार र साढे ४ किलोमिर सडकमा ओटासील गर्नका लागि २४ लाख २३ हजार बजेट छुट्याएको छ । ३० असार २०७३ मा निर्माण कार्य पुरा गर्ने गरि दिवा निर्माण सेवा ललितपुरले ३० असार २०७२ मा जिल्ला प्राविधिक कार्यालयसंग सम्झौता गरेको थियो । सम्झौता गरेको समयावधि भित्र काम पुरा नभए पछि निर्माण सेवाले पुनहः ३० चैत्र २०७३ मा म्याद थप गरेको थियो । धुलो उड्छ जिल्ला प्राविधिक कार्यालयले धुलो आफै उडेर जाने बताएको छ । साईड इन्चार्ज मुकुन्द थपाले पानीहालेर पखाल्न नमिल्ने भएकाले डेढ महिना पछि आफै उडेर जाने बताए । ‘गाडि गुड्दा घर्षन भएर पग्लीएर आएको अलकत्राले कतिपय बालुवा त्यही चिप्कीन्छ, नचिप्कीएको उडेर जाने भएकाले डेढ महिनामा बाटो क्लियर हुन्छ,’ थापाले भने । गम्भिर असर पु¥याउछ ः चिकित्सक सडकमा उड्ने धुलोले मानिसको स्वास्थ्यमा गम्भिर खालको असर पु¥याउने चिकित्सकले बताएका छन् । धुलोको असर तत्कालै नदेखिए पनि केहिसमय देखिने बताएका छन् । धुलोले स्वासप्रस्वास, रक्तचाप मुटु र दमका रोगीलाई बढी असर गर्ने चिकित्सक सेवा महाशाखा काठमान्डौका प्रमुख डाक्टर भोलाराम श्रेष्ठले बताए । ‘दाङका सडकमा उड्ने धुलो मैले पनि देखेको छु त्यो भनेको ४० भन्दा माथि नै हो , श्रेष्ठले भने ४० माइक्रो मिलीयन भन्दा बढी धुलो उड्यो भने त्यसले स्वास्थ्यमा निकै समस्या पार्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप