स्थानीय तहको मतगणना : अहिलेसम्म के-के भयो ?
......................
चितवनको राप्ती नगरपालिकामा कांग्रेसको सुरूवाती अग्रता देखिएको छ । मेयरमा कांग्रेसलाई १३१ , एमालेलाई ९२ र माओवादी केन्द्रलाई १९ मत प्राप्त भएको छ ।
-सिन्धुपाल्चोकको बाहबिसे नगरपालिकामा मतगणना जारी छ । मेयरमा कांगेसलाई १८५, एमालेलाई ९३ र माओवादीलाई मत आएको बताइएको छ ।
....................
गोरखाको पालुङटार नगरपालिकामा नयाँ शक्तिको अग्रता देखिएको छ । मेयरमा नयाँ शक्तिका अशोक देवकोटालाई ५७४, माओवादीका गुणराज देवकोटालाई २०५, काँग्रेसका दीपक कँडेललाई १७३ र एमालेका जुद्धबिलास भण्डारीलाई ७८ मत आएका छन् ।
...................
सल्यानको दार्मा गाउँपालिका वडानम्बर ६ मा माओवादी केन्द्रका दुर्गा मल्ल ७७४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश बुढाथोकीको ३७६ मत प्राप्त भएको छ । दार्मा गाउँपालिकाका काँग्रेस र एमालेको संयुक्त प्यानल छ ।
============
रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्र विजयी
................................
काभ्रेको पाँचखाल नगरपालिकामा माओवादी केन्द्रको अग्रता देखिएको छ । अहिलेसम्म जम्मा मत १८९६ गणना भएका छन् । मेयरमा कांग्रेसका महेश खरेल ११५, एमालेका रुद्र बानियाँ १९५, माओवादी केन्द्रका आइर्त सिंह तामाङ २८० मत पाएका छन् । उपप्रमुखमा कांग्रेसका लक्ष्मी दनुवार ११२, एमालेका भक्तकुमारी लामा २२६, माओवादी केन्द्र रुकमणि बराइली २४३ मत पाएकी छिन् ।
================
कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी
सल्यानको कपुरकोट गाउँपालिका वडानम्बर १ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादीका बालाराम खड्काले एमालेका तेजबहादुर रानालाई ७० मतले पराजित गरेको समाचार प्राप्त भएको छ ।
-मध्यपुर थिमि नगरपालिकामा मतगणना जारी मेयर : कांग्रेस २४,एमाले २१,उपमेयर : कांग्रेस २२, नेमकिपा १७
सुर्खेतको लेकबेसी नगरपालिका–१ मा एमाले र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ । मतपरिणामानुसार एमालेका मानबहादुर पुनले सात सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका हुन् । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमान घलेले चार सय ४० र नेकपा९माओवादी केन्द्र०का धनबहादुर ठाडाले दुई ३३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी भएका छन् । धादिङको धुनीबेसी नगरपालिकामा अहिलेसम्म १३५० मत मणना भएको छ । जस अनुसार मेयरमा एमालेका बालकृष्ण आचार्य –६३२, काँग्रेसका माधवराज पाण्डे –२६२ मत र माओवादी केन्द्रका दिपक लामिछानेलाई ४२७ मत परेको छ । उपमेयरमा एमालेका निरु खरेल ६२०, काँग्रेसका अप्सरा कोइराला–२७४ मत र माओवादी केन्द्रका सावित्री आचार्यलाई ४३५ मत खसेको छ । १३० स्थानमा मतगणना जारी छ । .............................. काठमाडौं महानगरपालिका काठमाडौँ महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो । कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ मतगणना भइरहेको हो । पछिल्लो मत परिणामअनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसे ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागाईं ४९, नेकपा (माओवादी केन्द्र)का टिआर नेपाल २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाउनुभएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले राससलाई जानकारी दिनुभयो । उपप्रमुखमा माओवादी केन्द्रका २५ र राप्रपाका पाँच मत रहेको छ । मतगणना सुरु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु भएको छ । मतगणनाका लागि बसेको दलहरुको सर्वदलीय बैठकमा गणना ११ बजेबाट सुरु गर्ने सहमति भएको थियो । राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको छ । मतगणनाको परिणाम एक(एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ । काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ । प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौमा एमाले राप्रपा गठबन्धन बनेको थियो । जाजरकोटको शिवालय गाउँपालिका वडा नं २ मा पनि माओवादी केन्द्रका प्रेमवहादुर बस्नेतको प्यानल नै विजयी भएको समाचार प्राप्त भएको छ । १२ : २५ सम्म -सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ । माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् । वडाध्यक्ष पदका प्रत्यासी नेपाली काग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् । सिन्धुलीको गोलान्जोर गाउँपालिकामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ । गोलान्जर गाउँपालिका वडा नं. १ मा माओबादी केन्द्रका ज्वाला प्र. न्यौपाने ६५६ मत ल्याई बिजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेको १३४ मत मात्र रहेको छ । सल्यानको कपुरकोट गाउँपालिका प्रमुखमा कांग्रेस १६, एमाले ३१० र माओवादी ३७२ मत आएको छ । नवलपरासीको बुलिङटार गाँउ पालिकामा कांग्रेस ५१३, एमाले २३९ र माओवादी केन्द्र १४ मत प्राप्त भएको छ । कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु एको छ । दलहरुको सर्वदलिय बैठकले कास्कीको मतगणना बिहान साढे ११ बजेबाट सुरु गर्ने सहमति भएबमोजिमा मतगणना गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत ग.गाप्रसाद सुवेदीले जानकारी दिए । पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ -५ जनको उम्मेदवारी परेको छ । जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जीसी र मन्जु गुरुङ उम्मेदवार रहेका छन् ।१२ बजेसम्म
कास्कीका चारवटै गाउँपालिकामा मतगणना सुरु भएको छ ।
मादी गाउँपालिकामा भने राति ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले वताउनुभएको छ । अहिलेसम्म एक हजार १८८ मतगणना गरिएकामा अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बेदबहादुर गुरुङले ६५६, नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले ४७३, नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले १७ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)ले वडाध्यक्षसहित दुई खुल्ला सदस्य, एक÷एक महिला सदस्य र दलित महिला सदस्यमा विजयी हासिल गरेको छ । सो गाउँपालिकामा १३ हजार ५५९ मतदाता रहेकामा नौ हजार ८८० मत खसेको थियो । जिल्लाका रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अहिले सर्वदलीय बैठक सकेर मतगणना सुरु भएको छ ।रामेछाप- आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना आजबाट हुने भएको छ ।
दुई नगरपालिका र छ गाउँपालिकाको ९० वटा मतदानस्थलका १७० मतदान केन्द्रमा ९४ हजार ३०८ मत खसेको छ । मन्थली नगरपालिकामा अहिले केहीबेरमा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सम्पन्न भएको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले बताउनुभएको छ । त्यसैगरी रामेछाप नगरपालिकामा पनि मतगणना गर्ने सहमति भएको छ । लिखु गाउँपालिकाको भने मतगणना सुरु भएको छ । गोगुलगङ्गा गाउँपालिकामा मतगणना गर्ने तयारी भइरहेको छ । त्यसैगरी दोरम्बा र उमाकुण्ड गाउँपालिकामा पानीका कारण केही मतदान केन्द्रबाट अझै पनि मतपेटिका गाउँपालिकाको केन्द्रमा आउन बाँकी रहेको छ । सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा पनि मतगणना गर्नका लागि सर्वदलीय बैठकको तयारी भइरहेको छ । रामेछापमा स्थानीय तहको निर्वाचनको लागि एक लाख ३४ हजार ६२० मतदाता रहेकामा ९४ हजार ३०८ मतमात्र खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोलिसम्ममा मत परिणाम आइपुग्ने अनुमान गरेको छ । सबैभन्दा बढी मत मन्थली नगरपालिकामा १९ हजार ६४१ खसेको छ भने सबैभन्दा कम उमाकुण्ड गाउँपालिकामा सात हजार ९८२ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिखु गाउँपालिकामा १० हजार २५९, सुनापति गाउँपालिकामा १० हजार ८००, गोगुलगङ्गा गाउँपालिकामा नौ हजार ३१९ मत खसेको छ । दोरम्बा र खाँडादेवी गाउँपालिकामा ७० प्रतिशत मत खसेको सम्बद्ध निर्वाचन अधिकृतहरुले बताएका छन् ।स्थानीय तहको निर्वाचनका लागि रामेछापको आठ स्थानीय तहका लागि झन्डै एक हजार २०० ले उम्मेदवारी दिएका छन् ।
११ : ५० सम्म
काठमाडौं महानगरपालिकाको मतगणना ११ बजेबाट सुरु हुने भनिएपनि ढिलाई भएको छ । मतगणनाका लागि बसेको दलहरुको सर्वदलीय बैठकमा गणना ११ बजेबाट सुरु गर्ने सहमति भएको थियो । तर, खाना खाएर मात्र गणना गर्ने भनेपछि केहीबेर ढिला भएको छ । ११ बजेर ५० मिनेट जाँदासम्म मतगणना भएको छैन ।
बनेपा नगरपालिकामा एमालेले अग्रता लिएको छ । मेयरमा एमालेबाट लक्ष्मीनरसिंह बादेलले २१६ मत ल्याएका छन् । कांग्रेसका राम जोशीले १८५ र माओवादी केन्द्रका भोला अर्यालले ४३ मत ल्याएका छन् । यसैगरी उपमेयरमा पनि एमालेकै रेखा सापकोटा दाहालले २१६ मतका साथ अग्रता लिएकी छन् । दोस्रो स्थानमा रहेकी कांग्रेसकी उम्मेदवार निर्मला श्रेष्ठले १८६ मत ल्याएकी छन् । माओवादी केन्द्रकी सुशीला शुद्धकारले ४० मत प्राप्त गरेकी छन् ।
नुवाकोट जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर र बेलकोेटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा मतगणना भइरहेको छ । अहिले विदुरको वडा नं १ को मतगणना भइरहँदा नेकपा(एमाले)बाट प्रमुृखका उम्मेदवार सञ्जु पण्डितले दुई सय , नेपाली काँग्रेसका धु्रव अधिकारीले एक सय ३६ र नेकपा(माअोवादी केन्द्र)का लीलानाथ न्यौपानेले २१ मत ल्याएका छन् ।
तादीमा अहिलेसम्म कांग्रेसबाट अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले तीन सय ४८, एमालेका केपी लामिछानेले दुई सय ८५ र माओवादी केन्द्रका मानसिंह तामाङले एक सय ५४ मत ल्याएका छन् ।
ककनीमा अध्यक्षमा कांँग्रेसका दीपेश लामाले ५१, माओवादी केन्द्रका मानबहादुर लामाले ४० र एमालेका जितबहादुर बलामीले ३८ मत ल्याएका छन् । बिहान ४ बजेदेखि सुुरु भएको ककनी – १ को मतगणना जारी छ ।
तारकेश्वरमा एमालेबाट अध्यक्षका उम्मेदवार रमेश वस्तीले ३९, कांग्रेसका उम्मेदवार चोकराज शाक्यले २९ र माओवादी केन्द्रका राजेन्द्र न्यौपानेले १७ मत ल्याएका छन् ।
यस्तै शिवपुरीमा कांग्रेसका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाले ७८ तथा एमालेका पदम उप्रेती र माओवादी केन्द्रका मीनबहादुर तामाङले ५६– ५६ मत आएको छ । पञ्चकन्यामा बिहान १० बजेदेखि मतगणना गरिने दलीय सहमति भएको छ । बेलकोटगढी – १ बाट मतगणना सुरु भएको छ । यस्तै सूर्यगढीको वडा नं १ बाट मतगणना आरम्भ भएको छ । यस्तै किस्पाङमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । दलीय सहमतिपछि केही समयमा नै मतगणना आरम्भ गरिने किस्पाङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मेघाङमा पनि भर्खरै मतगणना सुुरु भएको छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचन ३४ जिल्लाको २८१ मतदान केन्द्रमा भएको मतदानमा भक्तपुरमा देशभरबाटै बढी ८३ प्रतिशत मत खसेको छ ।
भक्तपुरको चार वटा नगरपालिकामा भएको मतदानमा ८३ प्रतिशत मत खसेको र यो देशभरकै बढी रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । भक्तपुरमा कुल एक लाख ६१ हजार ५२९ मतदाता रहेकामा कुल एक लाख ३१ हजार ९५८ मत खसेको छ ।
जिल्लाको भक्तपुर, मध्यपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका मतगणना भने आजदेखि मात्रै हुने भएको छ ।
११: ४० सम्म
सुर्खेत भेरीगंगा नगरपालिका वडा ऩ १ मा माऒवादी केन्द्र २७६ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवारले २३९ र एमाले उम्मेदवारले २०० मत पाएका छन् ।
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानलको नै जित। अध्यक्षमा विष्णुबहादुर गुरुङ आएका छन् । उता कास्कीको मादी १ मा एमालेको प्यानल नै बिजयी भएको समाचार प्राप्त भएको छ।
आँबुखैरेनी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका प्रेम तमुलाई ३८४, कांग्रेसका गिरबहादुर थापालाई ३३५, एमालेका सन्तबहादुर केसीलाई १०९ मत प्राप्त भएको छ ।
११ : २० सम्म
थाहा नगरपालिकामा नेकपा एमालेको अग्रता कामयै छ । वडा नम्बर पाँचको नौ सय मत गणना हुँदा नेकपा एमालेको मेयर उम्मेदवार विष्णु ढकालले तीन सय १७, उपमेयर उम्मेदवार कल्पना बलामीले तीन सय १५ मत प्राप्त गरेका छन् । काँग्रेस, माओवादी केन्द्र एलाइन्सका मेयर उम्मेदवार लवशेर विष्टले दुईसय ५९ र उपमेयर उम्मेदवार खड्ग गोपालीले एकसय ८५ मत प्राप्त गरेको उनले जानकारी दिए । राप्रपाका मेयर उम्मेदवार हरेराम कार्कीले दुई मत प्राप्त गरेका छन् । थाहामा ७५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुरको पूर्वी बाग्मती गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । बाग्मती १ को प्रारम्भिक मतगणना अनुसार बाग्मती गाउँपालिकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार सर्केश घलानले एकसय ८४, उपाध्यक्षका उम्मेदवार बच्चुमाया गोलेले एकसय ८२ मत प्राप्त गरेका छन् । एमालेका अध्यक्ष उम्मेदवार राजकुमार तिमल्सिनाले एकसय ६९, उपाध्यक्षका उम्मेदवार धनीमाया थिङले एकसय ७२, नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार चोक बहादुर ठाडा मगरले एकसय ३९, उपाध्यक्षका उम्मेदवार सुमित्रा राईले एकसय ५२ मत प्राप्त गरेको तिवारीले बताए । त्यस्तै राप्रपाका अध्यक्ष उम्मेदवार दिल बहादुर बलले एकसय २३ मत प्राप्त गरेको छ ।
तनहुँको बन्दिपुर गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेस २२०, एमाले १४०, माओवादी केन्द्र १०३ र नयाँ शक्ति ३६ छ ।
कास्कीको मादी गाउँपालिका-१ मा एमालेका उम्मेदवार सुरज गुरूङ प्यानल सहित विजयी भएका छन् । उनलाई ६१२ र काङ्ग्रेसका उम्मेदवारलाई ४५९ मत आएको छ ।
रुकुम मुसिकोट नगरपालिका मेयरमा कांग्रेस का महेन्द्र केसी ८११ माओवादीका देविलाल गौतम ४५४ एमालेका विमल पुन २२३
सुर्खेतको गुर्भाकोट नगरपालिकाको पहिलो चरणको मत परिणाम अनुसार मेयरमा एमालेका देववहादुर खत्रि ५८ कांग्रेसका हस्त पुन ३३ माओवादीका हिरा बहादुर थापा ५
रूकुम चौरजहारी नगरपालिका मेयरमा माओवादीका बिशाल शर्मा १०४ कांग्रेसका बलवीर गोसाइ ५२ एमालेका शेर बबहादुर केसी ४१ मतमा छन् ।
-जाजरकोटमा कुशे गाउँपालिका-९ मा अध्यक्ष सहित कांग्रेसको प्यानल नै विजयी भएको छ । ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार, रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने कार्य भइरहेको छ ।
प्रदेश नम्बर ३ का ८, प्रदेश नम्बर ४ का २५ र प्रदेश नम्बर ६ का ५१ स्थानमा मतपेटिका सङ्कलनको काम भइरहेको जनाइएको छ ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ६ स्थित नन्दादेवी मावि मतदान केन्द्रका मतपेटिका ढुवानीको क्रममा आइतबार एक समूहले मतपेटिका लुटी नोक्सान पारेकाले सुरक्षाकर्मीले सुरक्षार्थ गोली चलाउँदा एकजनाको घटनास्थलमै मृत्यु भएको आयोगले जनाएको छ ।
सो घटनामा घाइते भएकालाई उपचारार्थ हेलिकप्टरबाट अस्पताल लैजाने तयारी भइरहेको छ । सो घटनामा पाँचजना सुरक्षाकर्मीसमेत घाइते भएको जानकारी प्राप्त भएको छ ।
मतदान स्थगित भएका र सामग्री लुटी नोक्सान पारिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने छ । काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सुरु भएको छ ।
काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी भइरहेको आयोगले जनाएको छ । कालीकोट जिल्लाको कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालय मतदान केन्द्रको आइतबार अपराह्न केही समय स्थगित भएको मतदान कार्य पुनः सुचारु गरी सम्पन्न भएको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ, भने नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ । गएराति १२ बजेबाट महानगरको १ वडाबाट मतगणना सुरु भएको थियो । उक्त वडामा दुई हजार ४६१ मतदाता रहेका छन् ।
जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।
गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी
यसैबीच गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।
हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु
हेटौँडा, १ जेठ । हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहान ९ः३० बजेबाट जिल्ला समन्वय परिषद्को सभागृहमा सुरु भएको छ । सो मत गणना दुई समूहमा विभाजन गरी मत गन्ने कार्य सुरु गरिएको छ । अहिले एक नम्बर वडाबाट मत गणना सुरु गरिएको छ ।१ नम्बर वडामा कुल दुई हजार ८९१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा कुल ८३ हजार ५९७ मतदाता रहेको र ९३ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी थाहा नगरपालिकामा पनि मतगणना कार्य आज बिहानबाट सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
-ललितपुरको महाँकाल गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको हो। त्यसैगरी, गोदावरी नगरपालिका–१ को वडा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिएका छन्।
-निर्वाचन आयोगले आइतबार मतदान भएका २ सय ८१ स्थानीय तह मध्ये ७९ वटामा मतगणना भैरहेको जनाएको छ।
मकवानपुरको थाहा नगरपालिका मेयर एमालेका बिष्णुप्रसाद ढकालको मत ३१७ माओबादी(कांग्रेस गठबन्धनका लबसेर बिष्टको मत २५९ उपमेयरमा एमालेका कल्पना बलामीको मत ३१५ कांग्रेसका खड्ग गोपालीको मत २३९ आएको छ ।
मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ ।
मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित निकालेका छन् ।
कांग्रेसकी छिरिङ ओङमा गुरुङलाई ५०४ मत प्राप्त भएको छ ।
यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए ।
९ : ४५ को अबस्था
माओवादी केन्द्रले रुकुम जिल्लाका दुई वटा वडाबाट विजयी सुरुवात गरेको छ ।
बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ मा माओवादीका उम्मेदवारहरु विजयी भएका छन् । बाँफिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्रले विजयी सुरुवात गरेको हो । संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कर्णवहादुर मल्ललाई ५० मतले पराजित गर्दै माआवादी केन्द्रका हर्कु मल्ल वडा अध्यक्षमा विजयी भएका हुन् ।
महिला सदस्यमा भने यसअघि नै नेपाली कांग्रेसकी तुली गिरी निर्विरोध निर्वाचित भएकी थिइन ।
त्यस्तै सानीभेरी गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रका टेकवहादुर पुन विजयी भएका छन् । कुल ६ सय ७२ मत खसेकामा माओवादी केन्द्रका पुनले ४ सय ४८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका खलवहादुर पुनले १ सय ७२ र एमालेका मदन पुनले ८ मत प्राप्त गरे । उक्त वडामा ८ मत बदर भएको छ ।
मुसिकोटमा कांग्रेस अगाडि मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस अगाडि देखिएको छ । ८ सय १ मत गणना सकिँदा नेपाली कांग्रेसकातर्फबाट नगर मेयरका उम्मेदवार महेन्द्र केसी ३ सय ९७ मतका साथ पहिलो स्थानमा रहेका छन् । दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका देविलाल गौतमले २ सय २७ तथा तेस्रो स्थानमा रहेका एमालेका विमलकुमार पुनले ९६ मत पाएका छन् ।
मुसिकोट नगरापालिका १ र २ को मतगणना चलिरहेको छ ।
जिल्लाका मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा मतगणना सुरु भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा मत गणना सुरु । १ नम्बर वडाबाट गणना सुरु गरियो ।
धादिङ नेत्रावती गाउँपालिका प्रमुख माओवादीका ठाकुर गुरुङ केन्द्र ४८२ एमालेका दुर्गाकुमार शाक्य २७७ काँग्रेसका टेकजंग लामा ( १६५ उपमेयरमा माओवादी उर्मिला तामाङ ५३२ एमाले मीना तामाङ २८७ काँग्रेस आशामाया तामाङ १९७
जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ ।
गाँउपालिका अध्यक्षमा मानवहादुर पुनले २६९ मत ल्याएर विजयी भएका हुन् भने महिला सदस्यमा सदस्यमा रामसरी राना २४७ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै सदस्यमा विजयी हुनेमा भद्री दमाई, कृष्णा राना र चन्द्रवहादुर पुन रहेका छन् ।
आइतबार मतदान भएका स्थानीय तह मध्ये ७१ वटामा मतगणना जारी छ । हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाका स्थानीय तहमा भने हेलिकप्टरबाट मतपेटिका ल्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको पहिलो चरणअन्तर्गत वैशाख ३१ गते आइतबार तीन प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहका लागि मतदान भएको थियो ।
बिहान ९ : ३० बजेसम्म
सुर्खेत भेरीगंगा नगरपालिका
मेयरमा
माओवादी केन्द्रका कृष्ण गिरी १८५
कांग्रेस भुपेन्द्रबहादुर चन्द १३४ र एमाले यज्ञ ढकाल ११८ मत पाएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारले ६० मत पाएका छन् । कांग्रेस उम्मेदवारले ४५ मत पाएका छन् । माओवादी उम्मेदवारले ४३ मत पाएका छन् । राप्रपाका उम्मेदवारले १८ मत पाएका छन् । उप प्रमुखमा एमालेका उम्मेदवारले ४६ मत पाएका छन् । कांग्रेसका उम्मेदवारले ६३ मत पाएका छन् । माओवादीका उम्मेदवारले ४१ मत पाएका छन् । राप्रपाका उम्मेदवारले १७ मत पाएका छन् ।
ललितपुर कोन्ज्योसो गाँउपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। आईतबार भएको स्थानीय तहको निर्वाचनमा कोन्ज्योसो गाँउपालिकामा एमालेका उम्मेदवारलाई माओवादी केन्द्रका उम्मेदवारले १४४ मतले अग्रता लिएका छन्। माओवादी केन्द्रका उम्मेदवारले अहिलेसम्म २६३ मत ल्याउँदा एमालेका उम्मेदवारले ११९ मत ल्याएका छन्। काँग्रेसले भने ८३ मत मात्रै ल्याएको छ।
रसुवाको चार वटा गाउँपालिकामा मतगणना जारी पार्वतिकुण्ड गाउँपालिका, उत्तगया गाउँपालिका, नौ कुण्ड गाउँपालिका र कालिका गाउँपालिकामा अहिले मतगणना प्रारम्भिक मतपरिणाम अनुसार अहिलेसम्म एक हजार ५ सय ५७ मतगणना सकिएको छ ।
पार्वतिकुण्डमा ३ सय, उत्तरगयामा ६ सय, नौकुण्डमा दुई ५७ र कालिकामा ४ सय मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नौकुण्ड गाउँपालिका अध्यक्षः दुई सय ५७ मत गणना भएकोमा कांग्रेस अगाडि देखिएको छ ।
कांग्रेसका नुर्पु साङ्वो घलेको एक सय ५७, नयाँ शक्ति पार्टीका भूमे लामा ६८ , नेकपा एमालेका विकास तामाङको २८ र स्वतन्त्रका लक्षिन नुर्पु तामाङको ३ मत आएको छ । २२ मत वदर भएको छ ।
कालिका गाउँपालिका अध्यक्षः ४ सय मत गणना भएकोमा प्रमुखमा एमाले अगाडि देखिएको छ । एमालेको सिता कुमारी पौडेलको एक सय २३, माओवादीका उद्धव रिजालको एक सय २२, कांग्रेसका साधुराम पौडेलको ९७, नयाँ शक्ति पाटीका कृष्ण वहादुर तामाङको ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद देवकोटाको १ मत आएको छ ।
उत्तरगया गाउँपालिका अध्यक्षः ६ सय मत गन्दा कांग्रेस अगाडि देखिएको छ । कांग्रेसका उपेन्द्र लम्सालको एक सय ४८, नेकपा एमालेका अशोक घिमिरेको एक सय ६२, नयाँ शक्तिका इन्द्र प्रसाद सापकोटाको एक सय ६४ र माओवादीका मेघनाथ घिमिरेको ५४ मत आएको छ । वडामा भने नयाँ शक्ति अगाडि देखिएको छ ।
पार्वतीकुण्ड गाउँपालिकामा अध्यक्षः नयाँ शक्तिका बुचुङ तामाङको एक सय ८८, मोआवादीका फुर्पु तेन्जिन तामाङको ४१, एमालेका लाक्पा गोम्वो तामाङको ३७ र कांग्रेसका अविनास तामाङको ४ मत आएको छ । ४ मत वदर भएको छ ।
ललितपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ३६७ मत ल्याएका छन भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३०९ मत ल्याएका छन ।
माओवादी केन्द्रका दिनेश महर्जनले १४८ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा कांग्रेस उम्मेदवारले ३५३, राप्रपा उम्मेदवारले १९८ र माओवादी केन्द्रका उम्मेदवारले १५२ मत ल्याएका छन् ।
बिहान ९ : १५ सम्मको
काभ्रे बनेपा नगरपालिका मेयर एमालेका लक्ष्मीसिंह बादे १३७ कांग्रेसका राम जोशी १०९ र, माओवादी केन्द्रका भोला अर्याल २१
जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ । अध्यक्ष मानवहादुर पुन २६९ मत पाएका छन् । महिला सदस्या रामसरी राना २४७ भद्री दमाई २६० कृष्णा राना २६१ चन्द्र वहादुर पुन २७० मत परेको छ ।
नुवाकोटमा ९ बजेसम्म तारकेश्वर गाउँपालिका प्रमुख एमालेका रमेश वस्ती ३९ काँग्रेसका चोकराज शाक्य २९ माओवादीका राजेन्द्र न्यैपाने ०
तादी गाउँपालिका प्रमुख काँग्रेसका नारायणप्रसाद पाण्डे ३४८ एमालेका कृष्णप्रसाद लामिछाने २८७ माओवादी मानसिंह तामाङ १५४ उपप्रमुख इश्वरी उप्रेती कांग्रेस ३५६ इश्वरी तामाङ एमाले २९७ गमला श्रेष्ठ माओवादी १२६
नुवाकोट, बिदूर नगरपालिका ९मेयर० ध्रुब अधिकारी कांग्रेस- १०७ सञ्जु पण्डित एमाले- १५० लिलानाथ न्यौपाने माओवादी केन्द्र-१४
८ :५० सम्म
सुर्खेत, भेरीगंगा नगरपालिका मेयरका लागि माओवादी केन्द्का कृष्णप्रसाद गिरी १०८ कांग्रेसका भूपेन्द्र ब। चन्द्र ५७ र एमालेका यज्ञ ढकाल ४९
८ :४५ सम्म
बागलुङ ढोरपाटन नगरपालिका मेयर पदमा एमालेका देवकुमार नेपाली २०३ कांग्रेसका अर्जुन शेरचन १७६ राजमोका गौरिश्वर पाण्डे ४८ माओवादी केन्द्रका शेरमान घर्ती ४३ मत पाएका छन् ।
८ : ३० सम्म
ललितपुर महानगरपालिका (मेयर) पदमा
कांग्रेसका चिरिबाबु महर्जन- ३६७ मत आएको छ ।
एमालेका हरिकृष्ण ब्यञ्जनकार- ३०९ मत आएको छ ।
माअोबादीका दिपेश महर्जन- ११२ मत आएको छ ।
मतगणना भएको १ नम्बर वडामा
कांग्रेस- ३१६
एमाले- ३११
माअोबादी- १२१
मत आएको छ ।
मकवानपुर थाहा नगरपालिका मेयरमा
एमालेका बिष्णुप्रसाद ढकालको मत( २४० माओबादीका लभसेल बिष्टको मत २०५ आएको छ ।
उपमेयरमा एमालेका कल्पना बलामीको मत १८७
कांग्रेसका खड्ग गोपालीको मत १५९
आएको छ ।
सल्यानमा शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका र छत्रेस्वरी गाउपालिकामा मत गणनाा शुरु भएको छ । दार्मा गाउपालिकाको पहिलो परिणाम आएको छ । दार्मा गाउँपालिकामा अहिले सम्म ३ सय मतगणना गरिएकोमा १ सय ५८ ल्याएर माओबादी केन्द्र अग्रस्थानमा छ कांग्रेसले १ सय मत ल्याएर दोश्रो स्थानमा छ राप्रपाले १ र मालेले १ मत ल्याएका छन । ३ सय मत मध्ये १८ मत बदर भएका छन् ।
नुवाकोटमा काँग्रेसले अग्रता लिएको छ । विदुरनगरपालिकाको प्रमु्खमा काँग्रेसका मेयर धुव अधिकारी— १०७ उपमेयर गीता अमात्य—११८ एमाले—मेयर सन्जु पण्डित— १०५, उपमेयर गीता दाहाल १५० माओवादी केन्द्र—मेयर लिलानाथ न्यौपाने १४, उपमेयर सुभद्रा नेपाल १३ तादी गाउँपालिकामा काँग्रेसका प्रमु्ख नारायण पाण्डे ३४८, उपप्रमुख ईश्वरी उप्रेती ३५६ एमाले प्रमुख—कृष्णप्रसाद लामिछाने २८५, उपप्रमुख—माया तामाङ २९६ माओवादी केन्द्र प्रमुख— मानसिं तामाङ १५४ उपप्रमुख—गमला श्रेष्ठ १२६ शिवपुरी गाउँपालिका काँग्रेसका प्रमुख रामकृष्ण थापा १७८ उपप्रमुख मञ्जु केसी ८२ एमाले प्रमुख पदमप्रसाद उप्रेती ५६ उपप्रमुख मंगलमाया प्रजापति ५४ माओवादी केन्द्र प्रमुख मीनबहादुर तामाङ ६५ उप प्रमुख सुशीला थापा ४६ ।
सुर्खेतको भेरीगंगा नगरपालिका भूपेन्द्र बबहादुर चन्द्र कांग्रेस ५१ यज्ञ ढकाल एमाले ४७ कृष्णप्रसाद गिरी माओवादी केन्द्र ८९
मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी भएको छ । छ । एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् ।
बिहान ८ बजेसम्म
नवलपरासी, जेठ १ – गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकामा मतगणना जारी छ ।
गैँडाकोट नगरपालिका मेयरका प्रतिष्पर्धी, एमाले : २५६ कांग्रेस : २१४
उपमेयर एमाले : २४३ कांग्रेस : २२३
कावासोती नगरपालिका मेयरका प्रतिष्पर्धी, कांग्रेस : ९१ एमाले : ७८
उपमेयर कांग्रेस : ८८ एमाले : ७८
मध्यविन्दु नगरपालिका मेयर कांग्रेस : ११८ एमाले : १६१
उपमेयर कांग्रेस : १२१ एमाले : १६१
देवचुली नगरपालिका मेयर, कांग्रेस : ४९९ एमाले : ४२५
उपमेयर कांग्रेस : १६१ एमाले : २९९
विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष कांग्रेस : ६५४ एमाले : ३८१
उपाध्यक्ष कांग्रेस : ६६० एमाले : ३७७
बिहान ८ बजेसम्म
ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि छ ।
ललितपुर महानगरपालिकाको मेयरमा, -कांग्रेसका चिरीबाबु महर्जन : २१८ मत -एमालेका हरिकृष्ण ब्यञ्जनकार : १८४ मत -माओवादी केन्द्रका दिनेश महर्जन : ८३ मत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण