युवा संघ नेपालका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
सोमबार, ०१ जेठ २०७४, १३ : ४९
टंक कुवँर
धनगढी, जेठ १– यूवा संघ नेपालका पाँच सय जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रद्वारा आज धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले निकट यूवा संघ नेपालका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हन् ।
यूवा संघ नेपाल अन्तरपार्टीका जिल्ला अध्यक्ष जनक बहादुर सिंह, उपाध्यक्ष राजु सिंह र अनेरास्ववियुका देनिश शाहीलगायतका पाँच सय नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्र प्रदेश नं. ७ का इन्चार्ज लेखराज भट्टले पार्टीको नीति तथा सिद्धान्तमा अडिग रहेर काम गर्न निर्देशन दिएका छन् । नेता भट्टले स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको जीतले मात्र देशको समृद्धी हुने उल्लेख गर्दै राजावादी चाहने गणतन्त्र नचाहने दलले जीते देशमा कुनै परिवर्तन हुन नसक्ने समेत ठोकुवा गरे ।
नेकपा माओवादी केन्द्रको जनयुद्धको बलमा गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता, संघीयताको मार्गचित्र कोर्न सफल भएको उल्लेख गर्दै नेता भट्टले यसको सफल कार्यान्वयनका लागि माओवादी केन्द्रले जीते मात्र सम्भव हुने उल्लेख गरे । उनले २००७ सालमा राजनीतिक परिवर्तन भएपनि सामाजिक, सांस्कृतिक परिवर्तन भने माओवादी केन्द्रले गरेको जनयुद्धले मात्र भएको जिकिर गरे ।
पूर्वमन्त्री समेत रहेका भट्टले प्रदेश नं. ७ का जनताको वास्ताविक जीवन र उत्पीडनमा परेका जनताको जीवनलाई खोजे मात्र यस क्षेत्रका जनताको विकास गर्न सहयोग मिल्ने बताए ।
यसैगरी अर्का केन्द्रीय सदस्य लोकेन्द्र धामी निर्मलले प्रदेश नं.७ लाई टुक्रा¥याउन खोजिएको अभियानलाई माओवादी केन्द्रले रोकेको दाबी गरे । सुदूर पश्चिमको विकास थारुको समस्या समाधान हुनबाट रोक्न मधेशीबाट प्रचालित केहि व्यक्तिबाट हट्कण्डा गर्न खोजे पनि त्यसलाई सफल हुन नदिन नेकपा माओवादी केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण