बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दोस्रो महिनाको पहिलो दिनः सुनको भाउ ५३ हजार ३ सय

सोमबार, ०१ जेठ २०७४, १५ : ०१
सोमबार, ०१ जेठ २०७४

काठमाडौं, जेठ १–नयाँ साल २०७४ को दोस्रो महिना जेठको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ प्रति तोला ५३ हजार ३ सय रुपैयाँ रहेको छ ।

अघिल्लो महिनाको पछिल्लो एक सातासम्म सोही मुल्यमा कारोवार भएको सुनको भाउ आज पनि कुनै परिवर्तन भएको छैन ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय वजारमा आएको सुनको भाउको गिरावटले नेपाली वजार प्रभावित भएको छ ।

गत महिनाको तेस्रो साता तोलामा करिव एक हजार ४ रुपैयाँ घटेको सुन पछिल्लो साता भने स्थिर रहेको हो ।

व्यवसायीका अनुसार एक सातासम्म स्थिर रहेको भाउ आज पनि कुनै परिवर्तन भएको छैन । यो भाउमा अझै केही कमी आउन सक्ने अनुमान भने व्यवसायीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप