बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सीमावर्ती क्षेत्रका युवाहरुलाई आत्मनिर्भर बनाउनमा जोड

सोमबार, ०१ जेठ २०७४, १४ : २१
सोमबार, ०१ जेठ २०७४
लुम्बिनी, जेठ १–मुलुक परिवर्तनको दिशामा अगाडी बढीरहेको बेला राज्यको सेवासुबिधा बाट पछाडी परेका सीमावर्ती क्षेत्रका युवाहरुलाई आत्मनिर्भर बनाउनु पर्ने कुरामा जोड दिइएको छ । सो कुरा सीमा क्षेत्र कार्यक्रम अन्र्तगत लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोग तथा लुम्बिनी सामुदायिक बिकास केन्द्र द्वारा आयोजित किशोरकिशोरीहरुलाई एक महिने सिलाईकटाई तालिम उदघाटन समारोहमा सहभागी बक्ताहरुले जोड दिएका हुन । उदघाटन समारोहलाई सम्बोद्धन गर्दै लुम्बिनी सामुदायिक बिकास केन्द्रका अध्यक्ष ईनामुल्लाह फकीरले रुपन्देही सुगम जिल्ला मानिएता पनि दशगजा क्षेत्रमा बस्ने जनता राज्यको सेवासुबिधा बाट पछाडी पारिएकाले उनीहरुलाई बिशेष कार्यक्रम मार्फत राष्ट्रिय मूलधारमा ल्याउन आवश्यक रहेको बताए । उनले सदरमुकाम बाट टाढा बसोबास गरिरहेका सीमावर्ती क्षेत्रका बासिन्दाहरु स्वास्थ्यशिक्षा तथा रोजगारबाट बन्चित भई कतिपय किशोरकिशोरीहरु तस्करी तथा लागूऔषधओसारपसार काम गर्न बाध्य भईरहेकाले सीमा क्षेत्रमा राज्यले रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने जानकारी गराए । कार्यक्रममा सहभागी बीनु श्रीवास्तवले आफनो सीमा क्षेत्रमा घर भएका कारण घर नजिकै ईण्डियामा उच्चशिक्षा हासिल गरेता पनि नेपालमा बेरोजगार भई घर बस्न बाध्य भएकी गुनासो गरिन । समारोहका अर्का बक्ता लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यकारी अधिकृत यमबहादुर कुवरले सीमा क्षेत्रमा बसोबास गर्ने यवाहरुका लागि नेपाल भन्दा भारत माथि निर्भर रहेकाले घरधन्धा चलाउन सरसामान किनबेच गर्दा दुबै देशका प्रहरीको मारमा परि जीविको पार्जन गर्न बाध्य भएको हुदा राज्यले बिशेष नीति तथा योजनामा राखी मूलप्रवाहीकरणमा ल्याउनु पर्ने बताए । सो अवसरमा लुम्बिनी हेल्पफाउण्डेशनका अध्यक्ष अजयसिंह,समाजसेवी युगलकिशोर त्रिपाठी प्रकाश गुप्ता, ब्रिजेशबरई लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप