खुकुरी प्रहार गरी हत्या, देवदहमा भेटियो हतियार
काठमाडौं, जेठ १– ताप्लेजुङको फुङलिङ नगरपालिका–७ दोखु स्थायी घर भएका सुवाहाङ लिम्वुको खुकुरी प्रहरा गरी हत्या भएको छ ।हाल फुङलिङ.नगरपालिका–४ डेरा गरी बस्ने २६ वर्षीय लिम्बुको हत्या अभियोगमा सुमन फुरुम्बुलाई प्रहरीले पक्राउ गरेको छ । फुङलिङ नगरपालिका–१० बस्ने १८ वर्षीय फुरुम्बु लगायत तिन चार जनाले लिम्बुको टाउको र पेटमा खुकुरी प्रहार गरेको बताईएको छ । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका लिम्वुलाई उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने अन्य व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैबिच रुपन्देहीको देबदह नगरपालिका–६ आँपगैरा खोलास्थित बुद्ध सामुदायीक बनमा आइतबार बेवारिसे अवस्थामा १ नाले भरुवा बन्दुक १ थान फेला परेको प्रहरीले जनाएको छ । उक्त बन्दुक कस्ले छाड्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण