शिखर इन्स्योरेन्सको नाफा २६ करोड
सोमबार, ०१ जेठ २०७४, १५ : ०४
काठमाडौं, जुठ १–निर्जिवन बीमा कम्पनी मध्ये सवैभन्दा धेरै चुक्त पुँजी भएको शिखर इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक अवधीको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार ९ महिनामा २६ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । यो बीमा कम्पनीले चालु आवमा गरेको नाफा गत आवको सोही अवधीको तुलनामा ६ करोड वढी रहेको जनाएको छ ।
बीमा शुल्कमा भएको वृद्धिले नाफामा वढोत्तरी भएको हो । चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको यो बीमा कम्पनीले २ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधीमा कम्पनीले एक अर्व २८ करोड बीमा शुल्क आर्जन गरेको थियो । यो कम्पनीले थप सार्वजनिक निस्कासन (आइपीओ) पनि जारी गर्न लागेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण