म्याग्दीको अन्नपूर्ण–१ मा एमाले विजयी
सोमबार, ०१ जेठ २०७४, १५ : १०
म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन्र ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी भएका हुन् ।
दोवाबाट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाइजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गरेका थिए।
आठ सय ६३ जना मतदाता रहेको कैलाश मावि, दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियो । पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको मतगणाना सुरु भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण