‘इन्टु मिन्टु लण्डनमा’ बोल्ड साम्राज्ञी
काठमाडौं, जेठ १ – ‘ड्रिम्स्’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ पनि देखिने भएकी छन् । कोरियोग्राफर रेनेशा वान्तवा राईको निर्देशनमा बन्ने यो चलचित्रमा उनी अभिनेत्रीको रुपमा देखिन लागेकी हुन् । चलचित्रमा उनी बोल्ड अवतारमा देखिने बताइएको छ ।
केही दिन पहिले राजधानीमा घोषाण गरिएको चलचित्रमा शाहको अपोजित भुमिकामा धिरज मगर देखिदैछन् । अनमोल केसीको ‘ड्रिम्स्’ मार्फत अभिनय डेब्यु गरेकी शाहका यसपछि कुनै चलचित्र बाहिर आएका छैनन् । तर पनि उनी अहिलेकी डिमान्डकी हिरोइन हुन् ।
अभिनयको हिसावले भन्ने हो भने उनले ‘ए मेरो हजुर २’ ,‘तिमीसँग’, ‘मंगलम्’ गरेकी छन् । यी सबै चलचित्र प्रदर्शनमा आउन बाँकी छन् । ‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’ जस्ता हिट चलचित्र बनाएको आइकोर फिल्मस्ले निर्माण गर्न लागेको हो ।
काठमाडौबाट १६ देखि छायाँकन सुरु हुने चलचित्रमा साम्राज्ञी र धिरजको साथमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगाँईको मुख्य भूमिका रहनेछ ।
प्रभु शमशेर जवरा, प्रज्जवल शमशेर जबरा निर्माता रहने चलचित्रको सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल सह निर्माता रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण