खाडीचौर बस दुर्घटनामा घाइते बनेका संस्कृतविद् घिमिरेको निधन
काठमाडौँ, १ जेठ । संस्कृतविद् तथा सञ्चारकर्मी जनार्दन घिमिरेको आज बिहान उपचारका क्रममा निधन भएको छ ।
शुक्रबार सिन्धुपाञ्चोकको खाडीचौरमा बस दुर्घटनामा पर करङमा चोट परेका घिमिरेको उपचारका क्रममा महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज बिहान निधन भएको राष्ट्रिय धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले जानकारी गराए ।
काठमाडौँबाट स्थानीय तहको निर्वाचनमा सपरिवार मतदान गर्न दोलखा जाने क्रममा भएको सो दुर्घटनमा उनका बुबा मुक्तिनाथ र आमा रत्नकुमारीको घटनास्थलमै निधन भएको थियो । उनका श्रीमती र बहिनी भने घाइते छन् ।
घाइते भएपछि उनलाई उपचारका क्रममा काठमाडौँ ल्याइएको थियो । दोलखाको गौरीशङ्कर गाउँपालिकाको लामीडाँडा घर भएका घिमिरे भक्तपुरको कौशलटारमा बस्थे ।
त्रिविका उपप्राध्यापक घिमिरे ‘रेडियो कान्तिपुर एफएम’मा धार्मिक कार्यक्रमका सञ्चालकसमेत रहेका थिए । उनी दोलखाको गौरीशङ्कर गाउँपालिकाका लामीडाँडा, बाब्रे गाउँलाई संस्कृतग्राम बनाउने अभियानमा रहेका थिए ।
‘शब्द सन्दोह’ कृतिका लेखक घिमिरे ‘पाणिनी व्याकरणको धातुपाठ’सम्बन्धी विषयमा विद्यावारिधि गर्दै थिए। नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता ४८ वर्षीय घिमिरेका दुई छोरा र एक छोरी छन् । उनको आज पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण