चितवनमा मतगणना सुरु भएन, एमाले थाल्यो नाराबाजी
सोमबार, ०१ जेठ २०७४, १५ : ३५
चितवन, जेठ १–चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएको भन्दै नेकपा एमालेसमर्थित मतदाताले नाराबाजी सहित प्रर्दशन गरेका छन् ।
भरतपुर जिल्ला विकास समिति अगाडिको कभड हल वरपरको क्षेत्रमा मतगणना सुरु गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । मत गणनाको तयारी स्वरुप बसेको सर्वदलिय बैठकमा मत गणनाका लागि न्युनतम मापदण्डका विषयमा नै सहमति जुट्न नसकेपछि मतगणनामा ढिलाई भएको हो ।
सर्वदलिय छलफलमा मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले मत पेटिकामा भएका मतपत्र सबैको गणना गर्नुपर्ने र राजनीतिक दलका नेताहरुले मुचुल्का अनुसार मत गणना गर्नुपर्ने अडान लिए पछि सहमति हुन नसकेको हो ।
चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस र नेकपा माओवादीले चुनावी तालमेल गरेका छन् ।
कांग्रेस र नेकपा माओवादीको चुनावी तालमेल अनुसार मेयरमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवाली प्रतिष्पर्धामा छन् ।
३ लाख १३ हजार ३ जना मतदाता संख्या रहेको चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मात्रै १ लाख ५० हजार २ सय ७४ मतदाता छन् ।
भरतपुर महानगरपालिका, इच्छाकामना गाउपालिका तथा कालिका, रत्ननगर, राप्ती, खैरहनी र माडी नगरपालिका गरी चितवन जिल्लामा ७ वटा स्थानिय तह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण