बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्र विजयी

सोमबार, ०१ जेठ २०७४, १५ : ३८
सोमबार, ०१ जेठ २०७४

धुलिखेल, १ जेठ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा (एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरेका छन् । सो वडामा सात सय १७ मत खसेको थियो ।

त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गरेका छन् । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप