कृषि क्याम्पस स्थापनाको पहल
सोमबार, ०१ जेठ २०७४, १६ : ०१
धनगढी, जेठ १ कैलालीको गौरीगङ्गा नगरपालिकामा स्नातक तह विज्ञान सङ्काय (बिएस्सी एजी) स्तरको कृषि क्याम्पस स्थापनाको पहल थालिएको छ ।
‘भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स’ क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत सुरु गरिएको भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स प्रालिका अध्यक्ष हरि रिजालले जानकारी दिए।
देश सङ्घीयतामा गइसकेको अवस्थामा परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई वैज्ञानिक व्यावसायिकीकरण गर्दै ७ नं प्रदेशको विकासमा टेवा पुर्याउन योग्य कृषि विशेषज्ञ उत्पादन गर्ने लक्ष्यका साथ क्याम्पस स्थापनाको पहल थालिएको उनले बताए ।
कृषि उत्पादनको दृष्टिमा कैलालीको जग्गा उर्वर भएको भए पनि अझैसम्म परम्परागत खेती प्रणाली भइरहेका कारण कृषिको उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन, रिजालले भने।
उन्नत कृषि प्रणाली, पशुपालन, मौसमी तथा बेमौसमी खेतीका बारेमा पठनपाठन गर्ने व्यवस्थासहित योग्य कृषि विशेषज्ञ जनशक्तिको उत्पादन गर्न क्याम्पस स्थापना गर्न लागिएको हो । निकट भविष्यमा सञ्चालनमा आउने सो क्याम्पसको लागत करिब रु दुई करोड रहेको छ । क्याम्पस स्थापनाका लागि आठ बिगाहा जग्गा आवश्यक पर्नेमा हाल तीन बिगाहा जग्गा खरिद गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण