भारी साइबर खतराः कसरी बचाउने कम्प्युटर र डाटा
बीबीसी
जेठ १ – संसारभरी भएका साइबर हमलापछि विशेषज्ञले यो हप्ता र्यानसमवेयरका अन्य मामला सार्वजनिक हुनसक्ने चेतावनी दिएका छन् ।
थुप्रै संगठन, संस्था, कम्पनी र सर्वसाधारणले कसरी यी हमलाबाट आफ्नो कम्प्युटरलाई बचाउने भन्ने बारे जिज्ञासा व्यक्त गरेका छन् ।
यो हमलाले जति मात्रामा क्षती पुर्याएको छ, त्यस विषयमा पनि चर्चा भइरहेको छ ।
र्यानसमवेयर एउटा यस्तो प्रोग्राम हो जो कम्प्युटरको कुनै पनि फाइललाई लक गरिदिन्छ र प्रयोगकर्ताले फिरौती नदिएसम्म डेटामाथि नियन्त्रण पाउन सक्दैन ।
यूरोपियन यूनियनका पुलिस युरोपोलका अनुसार र्यानसमवेयर नयाँ कुरा होइन तर ‘वानाक्राई’ भाइरसको यो हमला ‘अभूतपूर्व’ छ ।
आइतबारसम्म १ सय ५० देशमा यो भाइरसले दुई लाखभन्दा बढि शिकार बनाइसकेको बताएको छ ।
हप्ताको सुरुवातमा जब मानिसहरु ठूलो संख्यामा आफ्नो कम्प्युटर लग–इन गर्छन् तब यो आँकडा बढ्नसक्ने अनुमान गरिएको छ ।
कति खतरनाक छ तपाईंको कम्प्युटर ?
‘वानाक्राई’ भाइरसले ती कम्प्युटरलाई आफ्नो शिकार बनाउँछ जो विन्डोज अपरेटिङ सिस्टममा चल्छन् ।
यदि तपाईं आफ्नो विन्डोज अपडेट गर्नुहुन्न, इमेल खोल्ने र पढ्ने बेला सावधानी अपनाउनुहुन्न भने तपार्इंंलाई यसको खतरा बढि छ ।
यद्यपी, घरेलु कामकाजमा प्रयोग गरिने कम्प्युटरमा अपेक्षाकृत कम खतरा हुने बताइएको छ ।
तपाईं आफ्नो सिस्टम अपडेट गरेर एन्टीभाइरसको प्रयोग गरेर आफूलाई सुरक्षित बनाउन सक्नुहुन्छ ।
इमेल पढ्ने बेला अझै बढि अलर्ट हुन आवश्यक छ । आफ्नो डेटाको ब्याकअप नियमित रुपमा मेन्टेनमा राख्नुहोस् ।
र्यानसमवेयरको शिकार भएका मानिसहरुले यो बुझ्न आवश्यक छ कि फिरौती रकम भुक्तानी गर्दा पनि तपाईंको फाइल अनलक हुने कुनै ग्यारेन्टी हुँदैन ।
हमला यति तीब्र रुपमा कसरी फैलियो ?
दोषी भाइरसको नाम वानाक्राई हो । यसलाई वार्म नामको एक कम्प्युटर भाइरसमार्फत फैलाईएको अनुमान गरिएको छ ।
अन्य कम्प्युटरको भाइरसको ठिक विपरित वानाक्राई आफैं कुनै नेटवर्कमा फैलिन्छ ।
केही मानिसहरु भाइरस फैलाउने मामलामा मानिसहरुमाथि धेरै भरोसा गर्दछन् । यसमा कुनै मेलमार्फत मानिसहरुलाई एक लिंकमा क्लिक गर्नका लागि उक्साइन्छ ।
एकपटक वानाक्राई तपाईंको कुनै नेटवर्कको सिस्टममा दाखिल भए त्यसले शिकार बनाउन सकिने मेसिनको खोजी सुरु गर्दछ ।
हमलाको पछाडि को छन् ?
अहिलेसम्म यसबारे केही पक्का कुरा पत्ता लागेको छैन तर केही जानकारका अनुसार यो कुनै अत्यधिक जटिल सफ्टवेयर होइन ।
साइबर चोरका लागि र्यानसमवेयर एक रुचाइएको हतियार हो । यसमार्फत उनीहरु आफ्नो नाफालाई तिब्र रुपमा ठेगान लगाउन सक्छन् ।
भर्चुअल करेन्सी विटक्वायनमार्फत सुरक्षा एजेन्सीहरु उनीहरुसम्म पुग्न मुश्किल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण