बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खसेको भन्दा १९ मत कम भएपछि दुधौली नपामा मतगणना रोकियो

सोमबार, ०१ जेठ २०७४, १६ : १५
सोमबार, ०१ जेठ २०७४
सिन्धुली, जेठ १  सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य अहिले रोकिएको छ । वडा नं २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो । वडा नं २ मा हिजो एक हजार ८३० मत खसेकामा आज एक हजार ८११ मत मात्र भएपछि मतगणना कार्य रोकिएको दुधौलीका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए । मतदान अधिकृतले दिएको तथ्याङ्कभन्दा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेका छन् । दलहरुलाई सहमतिमा ल्याएर मतगणना चालु गर्ने प्रयास गरिएको भए पनि दलहरु सन्तुष्ट हुन सकेका छैनन् । दुधौलीमा आइतबार भएको मतदानमा खसेको २७ हजार ५५ मतमध्ये अहिले बन्डल बनाएर मतगणना गर्न खोज्दा २७ हजार ३६ मात्रै मत भएपछि राजनीतिक दलहरुले मतगणना गर्न नमानेको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए। आज बिहान ११स्३० देखि मतगणना गर्न ५० वटाको बन्डल बनाउँदा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेको निर्वाचन अधिकृत खतिवडाको भनाइ छ । राजनीतिक दलहरुले मतगणना गर्न नमानेकाले मिलेसम्म मिलाउने र नभए सर्वपक्षीय बैठक बसेर निर्णय गर्ने मुख्य निर्वाचन अधिृकत पर्शुराम भट्टराईले जानकारी दिए । सिन्धुलीका अन्य स्थानमा मतगणना कार्य जारी छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप