पपुवा न्यु गिनीमा कारागारमा भएको झडपमा सत्र व्यक्तिको मृत्यु
सोमबार, ०१ जेठ २०७४, १६ : २६
सिड्नी, जेठ १ - पपुवा न्यु गिनीमा कैदीको एक ठूलो समूहले जेल ताडेर भाग्न खोज्दा सुरक्षाकर्मीसँग भएको झडपमा १७ जना कैदीको मृत्यु भएको त्यहाँका प्रहरीले सोमबार जानकारी दिएका छन् । कैदी भगौडाको यस घटनामा अझै पनि ५७ जना कैदी फरार रहेका छन् ।
प्रशान्त महासागरीय यस राष्ट्रको दोस्रो ठूलो नगर लाएमा अवस्थित बुइमो कारागारमा गत शुक्रबार जेल तोडेर भाग्न खोज्ने ती कैदीलाई कारगार परिसरस्थित सुरक्षा कर्मीले गोली प्रंहार गरेका थिए ।
‘द’ ‘रोयल पपुवा न्यु गिनी कन्स्टाबुलरी ९प्रहरी कार्यालय०’ ले एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा १७ जना कैदीको मृत्यु भएको र तीनजना पक्राउ परेका र अझै पनि ५७ जना बेपत्ता रहेका पुष्टि गरेको छ ।
फरार रहेका कैदीमध्ये धेरैजसो सशस्त्र डकैति, कार चोरी, आवासीय भवनका भित्ता फोरेर भित्रघुसी बस्ने मानिसलाई तर्साई, धम्काई चोरी, डकैति गर्ने जस्ता अत्यन्त आपराधिक मनोवृत्तिका रहेकाले तिनीहरुले सर्वसाधारण जनतालाई खतरा पुर्याउन सक्ने भएकाले उनीहरु पक्राउ नपरुन्जेल सतर्क रहन महानगरीय प्रहरी प्रमुखले आह्वान गरेका छन् ।
पपुवा न्यु गिनीको कूल जनसङ्ख्या मध्ये एक उल्लेखनीय हिस्सा दुर्गम क्षेत्रमा बसोवास गर्छन् । यो वर्ग अझैसम्म हात मुख जोड्न पनि धौधौ पर्ने चरम गरिबीपूर्ण र परम्परागत शैलीको जङ्गली जीवनयापन गर्न बाध्य छ ।
प्रायः गरिबीकै कारण यहाँ अराजकता र आपराधिक घटनाका सङ्ख्या पनि कहाली लाग्दो रहेका छन् । रासस रएएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण