बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पुँजी बजारमा झिनो सुधार

सोमबार, ०१ जेठ २०७४, १६ : २३
सोमबार, ०१ जेठ २०७४

काठमाडौं, जेठ १–स्थानीय निकायको मत परिणाम आइरहँदा नेपालको पुँजी वजारमा भने खासै उत्साह देखिएको छैन् । २० वर्षपछि भएको स्थानिय निकायको पहिलो चरणको यो निर्वाचनको मत परिणामले वजारलाई दोहोरो अंकमा दौडाउने अनुमान गरिएको थियो ।

दोस्रो महिनाको पहिलो दिन आज बजार ०.६५ अंकको झिनो सुधार छ । यो संगै वजार एक हजार ६ सय ५९.२३ अंकमा पुगेको छ । एक सय ३९ कम्पनीको सेयर कारोवार भएको आज वजारमा ११ लाख ३१ हजार ७ सय ९५ कित्ता सेयर खरिदविक्रिवाट ६७ करोड ५५ लाख ३ हजार ८ सय ६५ रुपैयाँको कारोवार भएको छ ।

आज वजारमा बैंकिङ समूहको सूचक २.६४, होटल समूहको सूचक १४.९५, फाइनान्स कम्पनी २.६७, बीमा समूहको सूचक ८.६५ र उत्पादनमुलक समूहको सूचक २५.३ अंकले वढेको छ । यस्तै, विकास बैंक समूह ०.६८, जलविद्युत समूहको सूचक २.२१ र अन्य समूहको सूचक ११.५७ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप