१४ आरोहीद्वारा सगरमाथाको सफल आरोहण
सोमबार, ०१ जेठ २०७४, १६ : ३२
सल्लेरी सोलुखुम्बु, जेठ १ - सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो ।
कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो निर्माण गरेको कम्पनीका सरदार शेरप शेर्पाले जानकारी दिए ।
बाटो खोलिएसँगै आज पहिलोपटक एक आरोहण दलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । यो यामको पहिलो आरोहण गर्ने टोलीमा ११ पर्वतारोही शेर्पासहित तीन ब्रिटिस गोर्खा सैनिक रहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आरोही समूहले आज दिउँसो १स् १५ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको हो । यस्तै भोलि मङ्गलबार आरोहणका लागि क्याम्प ४ मा करिब ७० जनाको समूहले तयारी गरिरहेका छन् ।
पर्यटन विभागका अनुसार यो वर्ष ४१ समूहका ३७४ जनाले सगरमाथाको आरोहण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण