बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनिषा कोइराला र कपिल शर्मा शोकी सुमोनाबिच यस्तो सम्बन्ध ?

सोमबार, ०१ जेठ २०७४, १६ : ३८
सोमबार, ०१ जेठ २०७४

जेठ १ – कपिल शर्मा शो भारतको एक सेलिब्रिटी टक शो हो जहाँ सेलिब्रिटी आफ्ना फिल्मको प्रोमोसनका साथै मनोरञ्जनका लागि उक्त कार्यक्रममा उपस्थित हुन्छन् । यसै क्रममा, क्यान्सरलाई जितेपछि बलिउडमा फर्किएकी मनिषा कोइराला आफ्नो नयाँ फिल्म ‘डियर माया’ को  प्रोमोसनका लागि कार्यक्रममा उपस्थित भइन् ।

उक्त कार्यक्रममा मनिषाले आफ्नो निकै पुरानो सदस्यलाई भेटेकी छिन् ।

यस्तो छ मनिषा र सुमोनाबिचको सम्बन्धः

हामीमध्ये धेरैले मनिषा र आमिर खानको ब्लकबस्टर फिल्म मन हेरेका छौं होला । तपाईंले फिल्मकी यी बाल कलाकारलाई पनि याद गर्नुभएको होला । हो, त्यही बाल कलाकार कपिल शर्माको कार्यक्रममा हास्यकलाकारको रुपमा स्थापित भइसकेकी छिन् । सुमोनाले मनिषा कोइरालासँगको फोटो ट्वीटरमा पोष्ट गर्दै यसबारे जानकारी दिएकी छिन् । उनले फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘समय कसरी बित्छ... वर्ष ‘९९ मा तपाईंसँग मनमा काम गर्दा र अहिले १८ वर्षपछि । मनिषा कोइराला तपाईंलाई पुनः भेट्न पाउँदा निकै खुसी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप