बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एयरपोर्टमा बस्दा अकुत सम्पत्ति कमाएको भन्दै पुर्व उप–सचिव बिरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, ०१ जेठ २०७४, १६ : ३८
सोमबार, ०१ जेठ २०७४

काठमाडौं, जेठ १–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बस्दा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले पुर्व उप–सचिव सुदिप चन्द्र शाह बिरुद्ध मुद्धा दायर गरेको छ । ३० बर्षभन्दा बढी समय सरकारी सेवा गरेका शाहले अबैध तरिकाले करोडौं आम्दानी गरेको पुष्टि भएको भन्दै आयोगले सोमबार उनीबिरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । २०४० साल मंसिरमा सरकारी सेवा शुरु गरेका शाहले २०७२ चैतमा भन्सार जाँचपास परिक्षण कार्यालय काठमाडौंबाट अनिवार्य अवकास पाएका थिए । सार्वजनिक पद धारण गरेको अवधिमा शाहले तिन करोड त्रियासी लाख ९२ हजार बराबरको सम्पती गैरकानुनी रुपले आर्जन गरेको खुल्न आएको अख्तियारले बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ । शाहले स्रोत नखुलेको जग्गा बिक्री गरेर बढाएको ५७ लाख २६ हजार सहित कुल ४ करोड ४१ लाख १८ हजार बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ र दफा १६ (ग) तथा दाफ २९ अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी गरेको छ । त्यस्तै आयोगले उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पती जफत गर्न समेत मागदावी गरेको छ । आयोगले अकुत सम्पती लुकाउन सहयोग गरेको भन्दै शाहकी श्रीमती मिरा शाह, छोरीहरु सौभाग्य शाह र सुकान्ती शालाई समेत प्रतिवादी कायम गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप