डोल्पाको काइकेमा एमाले विजयी
सोमबार, ०१ जेठ २०७४, १६ : ३९
डोल्पा, जेठ १ - काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अङ्गत राना ९२० मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी हुनुभएको छ भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी हुनुभएको छ । ठूलीभेरी नगरपालिका– २ मा नेकपा (एमाले)का देवी रोकाया वडाध्यक्षमा विजयी हुनुभएको छ ।
ठूलीभेरी नगरपालिकामा काँग्रेसको अग्रता
ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा (एमाले) का गणेश शाहीले १२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा (माओवादी केन्द्र)का लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गर्नुभएको छ ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा मतगणना सुरु भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण